• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शारदा नगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण




सल्यान, १८ मंसिर । सल्यानको शारदा नगरपालिकाले पालिकाको १ नम्बर वडामा अपांगता भएका ब्यक्तिहरुको लागि अपांगता र मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रियाका साथ न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

अपांगता भएका ब्यक्तिहरुको ३१ औ अन्तरास्ट्रिय दिवसको अवसरमाल शनिबार शिवजन माध्यमिक बिधालय शितलपाटीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले शारदा नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिको पहिचान गरि उनिहरुले पाउने सेवा सुविधालाई नगरपालिकाबाट उपलब्ध गराउने बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले आन्तरिक आर्थिक स्रोत लाई बढाएर अपांगता भएका ब्यक्तिहरुलाई पनि अवसर दिन नगरपालिको दीर्घकालिन योजना रहेको बताउनुभयो ।

शारदा नगरपालिका सल्यान र सामाजिक बिकास कार्यालय सल्यानको आयोजना, सी.एम.सी.नेपाल, फेल्म नेपाल, कल्याणकारी अपांग सेवा संघ सल्यान र मानसिक स्वास्थ्य स्वावलम्बन समुह जिल्ला संजाल सल्यानको सहकार्यमा भएको कार्यक्रममा शिवजन माध्यमिक बिधालय शितलपाटी, त्रिभुवन जनता माध्यामिक बिधालय भोटेचौरका शारीरिक रुपमा अपाङ्गता भएका बिद्यार्थी र वैदेशिक रोजगारमा रहेका परिवार र मनोसामाजिक रुपमा अपाङ्गता भएका परिवारका ४० जना बालबालिकालाई न्यानो कपडा बितरण गरिएको हो ।

कार्यक्रममा बिशिस्ट अतिथि शारदा नगरपालिका उप प्रमुख सुस्मिता सापकोटा, अतिथिहरु वडा नं.१ का वडा अध्यक्ष प्रदिप पाण्डे,जिल्ला प्रशासन कार्यालय सल्यानका प्रशासकीय अधिकृत लक्ष्मण सिंह राठौर, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, मानसिक स्वास्थ्य स्वावलम्बन समुहका अध्यक्ष उत्तरा बिशिस्ट, शिवजन माध्यामिक विधालय शितलपाटीका सहायक प्रधानाध्यापक शिवलाल थापा, शिक्षक राजेश कुमार अर्याल लगाएत सर्वसाधारण, शिक्षक, विद्यार्थी पत्रकार,मनोसामाजिक परामर्शकर्ता लगाएतको सहभागीता रहेको थियो ।

Facebook Comments