• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा सहायता सामग्री वितरण




कमल खड्का
रोल्पा, १७ मंसिर । ३१औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सचेतना तथा सहायता सामग्री वितरण कार्यक्रम रोल्पाको रुन्टीगढीमा सम्पन्न भएको छ। ” समाबेशी विकासका लागि रुपान्तरित सामाधान पहुँचयूक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशीलताको प्रावधान ” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

दिवसको अवसरमा ४० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई साहेता तथा शिव क्षमताका लागि सहायता सामग्रीहरु हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले अपाङ्गता भएका ब्यक्तिलाई पनि उनीहरुको अवस्था र क्षमाता हेरेर समान अवसर दिए सपाङ्ग सरह काम गर्न सक्ने र राज्य संञ्चालमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रम रुन्टीगढी गाउँपालिकाको आयोजना तथा गोल टु परियोजना , प्रक्याप परियोजना,पोषण सुधार परियोजना र समुन्ती परियोजनामा भएको थियोे ।

कार्यक्रम रुन्टीगढी गाउँपालिका अपांङ्ग संघका अध्यक्ष शंकर पुनको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यतामा भएको हो ।

Facebook Comments