• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा बाेलेराे जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु




खुमबहादुर सुनार
लिवाङ, १७ मंसिर । राेल्पा जिल्लामा शनिबार बिहान करिब साढे सात बजेतिर राेल्पा नगरपालिका -६ बाझबाङबाट स्थित भित्री सडकखण्ड हुँदै सामान लिएर प्युठानकाे किमिचौर जादै गरेको लु १ च ५४६४ नम्बरको बाेलेराे जीप राेल्पा नगरपालिका -५ भैसीकुटीमा सडकदेखि करिब २०० मिटर तल खाेलमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

मृत्यु हुनेमा जीप चालक राेल्पा नगरपालिका -५ बाझबाङ बस्ने ३६ वर्षिय निलेश कुँवरकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

दुर्घटनामा परि साेहि गाडीमा सवार मृतक गाडी चालक कुँवरका ११ वर्षिय छाेरा प्रताप कुँवर घाइते भएका छन। उनको टाउकाे लगाएत शरीरका विभिन्न भागमा चाेट लागेकाे र उपचारका लागि प्युठान तिर पठाइएको प्रवक्ता भुसालले बताए।

Facebook Comments