• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा थारु संग्रहालयमा घुम्न आउनेको संख्या बढ्दो




बिबस रसाईली
दङ्गीशरण, १६ मंसिर । दाङमा थारु संग्राहलयमा घुम्न आउनेको संख्या बढ्दो रहेको छ। हालसम्म दैनिक ५०/६० जना आउने गाउँपालिका का अध्यक्ष सम्भु गिरिले बताए ।पश्चिम दाङको दंगिशरण गाउँपालिका वडा नं। ,३ चखौरामा रहेको छ। संग्रहालयको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका थिए । थारु संग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ।

थारु जातिको कला संस्कृति, रितिरीवाज, परम्परा, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले संग्राहलय स्थापना गरिएको प्रदेश सांसद डिल्लीबहादुर चौधरीले बताए।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले संग्राहलयको सवलीकरणका लागि ६५ लाख रुपैयाँको सहयोगबाट सांस्कृतिक संग्राहलयलाई थप व्यवस्थित गर्ने काम गरिएको नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले बताए।

संग्रहालयमा थारु जातिको कला, संस्कृति, रितिरीवाजसँगै थारु जातिका प्रथम राजा दंगिशरणको प्रतिमा समेत स्थापना गरिएको छ। थारु जातिको उद्गम स्थलका रुपमा रहेको दाङलाई थारु जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको थियोे ।

 

साँस्कृतिक संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारहरु राखिएको छ।

‘संग्रहालयमा पूर्वदेखि पश्चिमसम्मका थारु जातिको पहिचान, कला संस्कृति झल्काउने मुर्तिदेखि चित्रहरु राखिएको छ।
थारु जातिले जन्मदेखि मृत्युसम्मका गतिविधि र परम्परालाई अध्ययन गर्न चाहने व्यक्तिलाई समेत संग्रहालय उपयोगी रहेको छ।

साढे चार विघा क्षेत्रफलमा फैलिएको साँस्कृतिक संग्राहलमा थारु जातिले राज्य गर्दाखेरी विभिन्न चरणहरु अवलोकन गर्न पाइने सांसद चौधरीले बताएका थिए ।

त्यस्तै उनले यो संग्रहालयलाई दाङका थारु जातिको मात्र नभएर नेपालकै थारु जातिको नमूना केन्द्रका रुपमा विकास गरिने समेत बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले थारु जातिको कला संस्कृतिको संरक्षणका लागि साँस्कृतिक संग्रहालयले महत्वपुर्ण भुमिका रहेको बताएका थिए । थारुहरुको राजा दङ्गीशरण भएको कारण दङ्गीशरणलाई दाङ जिल्ला नामाकरण गरिएको थियोे ।

Facebook Comments