• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आधुनिक सुधारिएको चुलोसम्बन्धी अभिमुखीकरण रोल्पाको लिवाङमा सम्पन्न




मनोज पुन
रोल्पा, १६ मंसिर । आधुनिक सुधारिएको चुलोसम्बन्धी रोल्पामा अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिहिवार रोल्पा को लिवाङमा जिल्ला समन्वय समितिको कार्यालयमा आधुनिक सुधारिएको चुलो सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

प्राक्टिकल एक्सन र विकास सरोकार समाज (डिकोस)को साझेदारीमा सञ्चालित ग्रामीण क्षेत्रका लागि आधुनिक सुधारिएको चुलो बजार प्रवद्र्धन परियोजना अन्तर्गत आधुनिक सुधारिएको चुलो सम्बन्धि अभिमुखीकरण तथा प्रदर्शनी कार्यक्रम गरिएको हो । विगतमा सुधारिएका चुलो भन्दा फरक खालको धुवाँ रहित विद्युतीय उपकरणको सहयोगमा तयार रहेको सुधारिएको चुलो सम्बन्धि जिल्ला स्थित जिल्ला समन्वय समितिका का.वा. अध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसँग अभिखीकरण कार्यक्रम गरिएको हो ।

विद्युतको सहयोगमा कम साना दाउरा, गोबरबाट समेत आगो बाल्न सकिने खालको आधुनिक सुधारिएको चुलो रहेको प्राक्टिकल एक्सनका मार्केटिङ मेनेजर महाभारतव्यास श्रेष्ठले बताउनुभयो । कम दाउरामा धेरै मात्रामा ताप दिने धुवाँ रहित भएकाले खानेकुरा पकाउने भाडोमा समेत मोसो नलाग्ने खालको आधुनिक सुधारिएको चुलो रहेको श्रेष्ठले बताउनुभयो । संस्थाको अनुदानमा जिल्लाबासीलाई उक्त चुलो वितरण गरिने उहाँले बताउनुभयो । प्रति चुलोलाई अधिकतम ६ हजार ५ सय रुपैयाँ मूल्यको पर्ने गरेको छ ।

तर ३ हजार ७ सय रुपैयाँ संस्थाले अनुदान व्यहोर्ने हुँदा उपभोक्तालाई २ हजार ८ सय रुपैयाँ पर्ने श्रेष्ठले बताउनुभयो । आधुनिक सुधारिएको चुलो वितरणका लागि गाउँपालिकासँग सम्झौता भइसकेकोले छिट्टै चुलो वितरण गरिने बताइएको छ ।

प्राक्टिकल एक्सन को समन्वय तथा डिकोस रोल्पाको आयोजनामा भएको उक्त अभिमुखीकरण कार्यक्रमको सभाध्यक्षमा जिल्ला समन्वय समीती रोल्पाका का.वा. अध्यक्ष केवल घर्ती रहनुभएको थियो, यस्तै कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकलाल घर्ती,माडी गाउँपाकिाका अध्यक्ष अमरसिं घर्ती,सुनिलस्मृती गाउँपालिकाका उपाध्यक्ष मिना थापा, प्राक्टिकल एक्सनका तिर्थराज भट्ट,डिकोस रोल्पाका याम थापा, सुरज घर्ती मगर ,कुम पुन मगर लगायत अन्य कर्मचारी तथा संचारकार्मीको उपस्थिती रहेको थियो। डिकोस रोल्पाका उपाध्यक्ष सर्वण नेपाली को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण अध्यक्ष देव वलीले गर्नुभएको थियो।

Facebook Comments