• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई खाना खुवाउँदै




घोराही, १५ मंसिर । दाङको घोराहीमा रहेको सेवा इन्टरनेशनल एजुकेशन प्रालिका संचालक मनोज पौडेलले अनाथ बालबालिकाहारुलाई खाना खुवाएका आफ्नो जन्मदिन मनाएका छन् ।

घोराही-१६ मा रहेको बाल शान्ति गृहमा बस्दै आएका ४० जना अनाथ बालबालिकाहरुलाई खाना खुवाएर उनले आज बिहीबार आफ्नो जन्मोत्सव मनाएका हुन् ।

बाल शान्ति गृहमा बस्दै आएका अनाथ बालबालिकालाई थप सहयोग पुगोस् भनि नगद २ हजार पाँच रुपैयाँ उक्त संस्थालाई हस्तान्तरण गरेको एजुकेशनका संचालक मनोज पौडेलले बताएका छन् ।

पछिल्लो समयमा जन्मदिनको अवसरमा अनावश्यक रुपमा फजुल खर्चगर्ने बानीको विकास भएको हुँदा अबको दिनमा आफ्नो जन्मदिनको अबसरमा गरिने अनावश्यक खर्चलाई बचाएर अनाथ बालिबालिकाहरुलाई केही सहयोग गरौं भन्ने उद्देश्यले आफुबाटै सानो प्रायसको थालनी गरेको पौडेलले जानकारी दिए ।

Facebook Comments