• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिका अध्यक्षले भने– स्थायी राजधानीमा कुनै अभाव हुने छैन




लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी)को अधिकांश भूभाग समेट्ने दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले स्थायी राजधानीमा कर्मचारीलाई कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

स्थायी राजधानीमा जाँदा सेवा सुविधा कम हुने आन्दोलन गरेका कर्मचारीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘तपाइहरुका लागि आबश्यक पर्ने भौतिक संरचना राप्ती गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा प्रयाप्त छन, त्यसकारण बस्ने घर पाइदैन भनेर बाहना नगर्नुहोस् । तपाईंहरुका लागि आबश्यक पर्ने खाद्यान्न, तरकारी दैनिक उपभोग्य बस्तु सबै यहाँ हामी ब्यबस्था गर्न सक्छौ।’

कर्मचारीका छोराछोरीहरुले पढ्ने प्रशस्त मात्रामा सामुदायिक तथा संस्थागत विद्यालय रहेको, बिरामी हुदा उपचार गर्ने अस्पताल पनि प्रशस्त रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘अनि किन बहानाबाजी गर्नुहुन्छ रास्ट्रसेवकहरुले ? जागिर खादा सरकारले पठाएको ठाउँमा जान्छौ भनेर कसम खानुभएको बिर्सनुभयो ? रास्ट्र र जनताको विरुद्धमा यस्ता निर्णय गर्ने ट्रेड युनियन किन चाहियो ?’

यदि प्रदेश सरकारका कर्मचारी नआए दाङका १० वटै स्थानीय सरकारले आफूँग भएका रास्ट्रसेवकहरुलाई खटाएर भए पनि राजधानी देउखुरी उपत्यकामै संचालन गर्न प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट गर्नुृभयो । ‘यस्ता कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउनुपर्छ र ज्यालादारी अथवा करारमा कर्मचारी ल्याएर भए पनि काम गर्नुपर्छ’– उहाँले भन्नुभयो– ‘चाहना भए बहाना आफै हराएर जान्छ। तपाईंहरु बहानाबाजी गर्दै गर्नुस्, हामी स्वागत गर्दैछौ।’

Facebook Comments