• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा जिप र मोटरसाइकल ठोक्किँदा २ जना घाइते




सल्यान, १४ मंसिर  । सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका -१ पटारेस्थित राप्ती राजमार्गमा बोलेरो जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।

श्रीनगरदेखि थारमारेतर्फ जाँदै गरेको रा १ च १२४२ नम्बरको बोलेरो जिप र रा ६ प ७४९८ नम्बरको मोटरसाइकल ठोक्किँदा रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६ बस्ने १९ वर्षीय मोटरसाइकल चालक सुदिप मल्ल र उनकी आमा ४० वर्षीया निर्मला मल्ल घाइते भएका हुन् ।

घाइते आमा छोराको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भईरहेको जिप चालक शारदा नगरपालिका १४ का प्रदीप बिक र मोटरसाइकललाई नियण्त्रणमा लगिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो ।

Facebook Comments