• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पूर्वाधार विकास कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा




 

मंसिर १४, सल्यान ।सल्यान जिल्लाको शारदा नगरपालिका– १५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुख र अन्य कर्मचारी विरुद्ध हिजो मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सडक निर्माण कार्यमा लागत अनुमान विपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएको आरोपमा उनिहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ । उनीहरू विरुद्ध आयोगले सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गरेको छ ।

नापी किताबमा गलत विवरण तयार पारेर नक्कली बिल भर्पाइ बनाइको पाइएकाले आरोपीसँग बिगो बमोजिमको कारबाही र कैद सजायको माग आयोगले गरेको छ ।

आयोगले सुन्दर डाँडा थाङनेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कँवर र सचिव मानदेव कँवर विरुद्ध सात लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ

हेर्नुहोस अख्तियार अनुसन्धान आयोगको यो प्रेस बिज्ञप्तिNo description available.

Facebook Comments