• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा देशकै पहिलो प्याब्सन घोराही रनिङ सिल्ड २०७९ हुने




हिमाल महरा
घोराही, १३ मंसिर । घोराहीमा देशकै पहिलो पटक प्याब्सन घोराही रनिङ सिल्ड २०७९ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घोराही नगर समितिको आयोजनामा उक्त सिल्ड हुने भएको हो ।

प्याब्सन घोराही नगर समितिले मंगलबार घोराहीमा रहेको पौवा होटेलमा पत्रकार सम्मेलन गर्दै घोराहीमा यही मंसिर १५, १६ र १७ गते तीन दिनसम्म देशकै पहिले पटक प्याब्सन घोराही रनिङ सिल्ड हुने जानकारी दिएको छ । तीनदिनसम्म हुने कार्यक्रम घोराही – १५ भरतपुरको मैदानमा हुने आयोजकले बताएको छ ।

विद्यार्थीहरुमा खेलको महत्त्व बुझाउनुका साथै विभिन्न चरणमा हुने खेलहरुमा विद्यालयहरुको संस्थागत सहभागिता बढाउने उद्देश्यले सो सिल्डको आयोजना गरिएको प्याब्सन घोराही नगर समितिका अध्यक्ष बिरेन्द्र चन्दले बताए । उनले घोराही नगरभित्र संचालित ५८ वटा संस्थागत विद्यालयहरुका ३५ हजार विद्यार्थीहरु, ७० हजार अभिभावक र २ हजार ८ सय ४५ शिक्षक कर्मचारीहरुलाई सबल, सक्षम तथा जिम्मेवार बनाउने दायित्व प्याब्सन घोराहीको भएको जिकिर गरे । कार्यक्रममा भलिबल, कवड्डी लगायत एथलेटिक्सका खेलहरु हुने र खेलले विद्यार्थीहरुलाई समयको महत्त्व, अनुशासन, समूहकार्य, शारीरिक तन्दुरुष्टको बारेमा विद्यार्थीहरुले अनुभूति गर्ने उनले जानकारी दिए ।

 

रनिङ सिल्ड विशेष गरी ८,९ र १० कक्षासम्मका अध्ययनरत विद्यार्थीलाई फोकस गरेर सिल्डको आयोजना गरिएको भएतापनि केही आधाभूत विद्यालयलाई समेत सहभागी गराउने हेतुले ७ कक्षासम्मका विद्यार्थीहरुलाई पनि जोडिएको र घोराही नगरभित्रका ४१ वटा माध्यामिक विद्यालयहरु मध्ये मंगलबारसम्म ३६ वटा विद्यालयहरु दर्ता भइसकेको हुँदा सिल्डमा ९० प्रतिशत विद्यालयले सहभागिता जनाउने अध्यक्ष चन्दको भनाइ छ ।

यही मंसिर १५ , १६ र १७ गते तीन दिनसम्म संचालन हुने कार्यक्रममा छात्रतर्फ भलिबल , छात्रातर्फ कपर्दी , छात्र/ छात्रातर्फ दौड ( १ सय मिटर, २ सय मिटर, ४ सय मिटर,८ सय मिटर, १ हजार ५ सय मिटर), रिले दौड ( ४×१००, ४×४००), लङ जम्प, ट्रीपल जम्प, हाइ जम्प, सट फुट,ज्याब्लिङ थ्रो खेलहरु हुने भएका छन् । भने ७ कक्षासम्म विद्यार्थीहरुका लागि छात्र/ छात्रातर्फ ६० मिटरको दौड र लङ जम्प खेलहरु हुने आयोजकले जनाएको छ ।

खेलमा विजयी हुने विद्यार्थीहरुलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने र घोराही बजारको विभिन्न ठाउँबाट मार्चपास गरी कार्यक्रमको उट्घाटन गरिने आयोजकले जनाएको हो ।

 

 

 

 

Facebook Comments