• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा राजपुर गाउँपालिकालाई ज्ञापन पत्र




श्रवण कुमार यादव
राजपुर-१२, मंसिर। नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरले राजपुर गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ। शिक्षक संगठनको माग पूरा नगरी स्वयंसेवक शिक्षक छनौट प्रक्रिया अगाडि बढाएको भन्दै आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरका अध्यक्ष डिल्ली बहादुर चौधरी, उपाध्यक्ष मान बहादुर केसी र सचिव धर्म राज यादव लगाएतका शिक्षकहरुले पालिकालाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा राजपुर गाउँपालिकाले स्वयमसेवक शिक्षक छनौट गर्नका लागि विज्ञापन आवहान गरि छनौट प्रक्रिया अगाडी बढाएकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।

ज्ञापन पत्रमा २०७९/०४/२२ गतेका दिन राजपुर गापा अन्तर्गत नेपाल राष्ट्रिय शिक्षक संगठन NNTA र UANTO काे संयुक्त बैठक बसि विभिन्न ७ वटा माग राखी ध्यानाकर्षण गराएको तर हाल सम्म राजपुर गाउँपालिकाले आफूहरुको माग सम्बोधन नगरी स्वयंसेवक शिक्षक छनौट प्रक्रिया अगाडी बढाएको र गापाले स्वीकृत गरेको कार्यविधि अनुसार विद्यालयले रीतपूर्वक राखेका निजी स्रोत शिक्षकहरुको नामावली पनि हालसम्म प्रकाशन नगरेकोले परीक्षा प्रक्रिया केही समय स्थगित गरी रीतपूर्वक छनौट भएका निजिश्रोत शिक्षकहरुलाई स्वतः नियुक्ती दिनका लागि माग रहेको उल्लेख छ। आफूहरुको मागलाई वेवास्ता गरि परीक्षा प्रक्रिया अगाडी बढाएमा सङ्घर्षका थप कार्यक्रम गर्ने चेतावनी समेत दिएको ज्ञापन पत्रमा उल्लेख रहेको छ।

Facebook Comments