• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवाको कोईलाबासमा दुई दिने निशुल्क आँखा शिविर, ६४ जना मोतिबिन्दु विरामीको शल्यक्रिया




आलोक भावुक
गढवा, १० मङ्सिर । गढव गाउँपालिका वडा नम्बर – ८ कोईलाबासमा दुई दिने निशुल्क आँखा शिविर सुरु भएको छ।

गढवा गाउँपालिका वडा नम्बर – ८ का अध्यक्ष खालिक सिद्दिकीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य एवम् नेपाल नेत्र ज्योति संघ लमही दाङका उपाध्यक्ष रेशम बहादुर खड्काको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।

नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा एक सय पचास जना बिरामीहरूको निशुल्क आँखा चेकजाँच हुन लागेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

नेपाल नेत्र ज्योति संघ, आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङको संगको सहकार्यमा गढवा गाउँपालिकाले चेकजाँच अभियान चलाएको अध्यक्ष शर्माले बताउनुभयो।

कोइलाबासमा निशुल्क आँखा शिविर दुई दिन चल्ने छ। शिविरमा पहिलो दिन शुक्रवार १ सय १२ जना विरामीहरुले चेकजाँच गराई सेवा लिएका छन्।

गढवा गाउँपालिका वडा नम्बर – ८ का वडाध्यक्ष खालिक सिद्दिकीले जनताको पहुँच र धेरै विरामीहरु लाई सेवा प्रवाह गर्न वडा मै शिविर सञ्चालन गरेको बताउनु भयो। यस शिविरमा आर्थिक अवस्था कमजोर भएका नागरिकहरु पनि सेवा लिन सक्छन् वडाध्यक्ष सिद्दिकीले बताउनु भयो ।

नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङ र गढवा गाउँपालिका संगको बिगतमा भएको सहमति बमोजिम गढवा गाउँपालिकामा आँखा जाँच कार्यक्रम/शिविर सञ्चालन गरि निशुल्क आँखा चेकजाँच र मोतिबिन्दुको शल्यक्रिया गर्न छनौट भएका बिरामीहरूलाई शिविर स्थलमा बोलाई शल्यक्रिया गरिने सहमति समेत भएको भएको गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

केही समय भित्रै गढवा गाउँपालिका भित्रका सबै आँखा सम्बन्धी बिरामीहरु लाई सहज र निशुल्क तरिकाले सेवा दिने प्रक्रियामा लागि परेको अध्यक्ष शर्माले जानकारी दिनु भयो।

शुक्रबार जम्मा २ सय ९३ जना आँखाका विरामीहरु को जेकजाँच भएको छ। जसमध्ये १सय ३१ जना पुरुष र १ सय ६२ जना महिला रहेका छन्। ५० जना नेपाली नागरिकको चेकजाँच गरिएको छ भने २ सय ४३ जना भारतीय नागरिक रहेका छन्।

मोतिबिन्दुको निशुल्क शल्यक्रिया समेत गरिएको छ। शुक्रबार ६४ जना मोतिबिन्दु बिरामीहरुको सल्यक्रिया गरिएको छ मोतिबिन्दुको शल्यक्रिया गर्नु हुनेमा ५७ भारतीय नागरिक रहेका छन् भने ७ जना नेपाली नागरिक रहेका छन्। सल्यक्रिया पश्चात लाग्ने चस्मा भने बिरामीहरूले आफै किन्नु पर्ने छ।

उद्घाटन कार्यक्रममा प्रशासनिक संयोजक घनश्याम सुबेदी, इलाका प्रहरी कार्यालय कोइलाबासका कुमार केसी, गढवा गाउँपालिकाकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, शसस्त्र प्रहरी बलका देवीलाल गोतामी, अशोक चालिसे, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज का शमशेर थापा, लमही आँखा अस्पताल डाक्टर सुदिपलाल राज भण्डारी, समाजसेवी तुलाधर, रविमान तामाङ लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रमको सञ्चालन प्राविधिक टोलीका बिमल घिमिरेले गर्नु भएको थियो ।

Facebook Comments