• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा पार्टी पुनर्गठन दिवसको अवसरमा विविध खेलकुद प्रतियोगिता




घोराही,९ मंसिर । दाङमा नेपाल कम्युनिस्ट पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा विविध खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन  युवा संगठन नेपाल दाङ तथा अखिल (क्रान्तिकारी) दाङको संयुक्त आयोजनामा शुक्रबार घोराहीमा रहेको अमृत भलिबल ग्राउन्डमा मैत्रीपूर्ण भलिबल र बुद्धिचाल खेल प्रतियोगिता सम्पन्न भएका हुन् ।उक्त अवसरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा अखिल (क्रान्तिकारी) दाङ प्रमथ, पार्टीको सहायक संगठन  युवा संगठन नेपाल दाङ द्वितीय, जनपत्रकार संगठन नेपाल दाङ तृतीय र नेकपा घोराही नगर कमिटीले सान्त्वना स्थान प्राप्त गरेका थिए । मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पार्टी, युवा, विद्यार्थी र पत्रकार को टिमको सहभागिता रहेको थियो ।

त्यसैगरी बुद्धिचाल खेलमा युवा संगठन नेपाल दाङ जिल्लाका सचिव पदम चन्द सी प्रथम, युवा संगठन नेपाल दाङ जिल्ला सदस्य शिशिर सी दोस्रो र नेकपा घोराही नगर सेक्रेटरी महान सीले तेस्रो स्थान हासिल गरेका थिए । बुद्धिचाल खेलमा ६ जनाको सहभागिता रहेको थियो ।

मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उद्घाटन नेकपा घोराही उपमहानगर कमिटीका सेक्रेटरी महानले गरेका थिए । प्रतियोगितामा (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्यद्वय हेमन्त प्रकाश वली र जंग बहादुर रेउले , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका संयोजक दिनेश सी , युवा संगठन नेपाल दाङका सचिव पदम सी लगाएतको उपस्थिति रहेको थियो ।

 

Facebook Comments