• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा  स्वतन्त्र उम्मेदवार सिजल विजयी




खुमबहादुर सुनार
लिवाङ, ७ मंसिर । रोल्पा १ (२) मा स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुनमगर फराकिलो मतले बिजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज साझ सम्पन्न प्रदेशसभा (ख) को मतगणनामा स्वतन्त्रतर्फका उम्मेदवार पुनले १४ हजार ९ सय २७ मत लिएर विजयी भएका हुन् ।

मुख्य निर्वाचन कार्यालय रोल्पाले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार स्वतन्त्र उमेद्वार दीपेन्द्र कुमार पुनमगरले (पानीको धारा) १४ हजार ९ सय २७ मत प्राप्त गरेका छन् भने बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार नेपाली कांग्रेसका सभापति एवं पूर्व सिचाई राज्यमन्त्री अमरसिंह पुनमगरले १० हजार ४ सय ६ मत प्राप्त गरेका हुन् । त्यस्तै एमालेका प्रेम घर्तीले ८ हजार ८०३ मत प्राप्त गरेका छन् ।

गठबन्धनका विरुद्ध बागी उम्मेदवार बनेका दीपेन्द्र कुमार पुनमगर सत्ता गठबन्धन तर्फका उम्मेदवार अमरसिंह पुन भन्दा ४ हजार ५ सय २१ को पराकिलो मतान्तरले बिजयी भएका हुन् ।

गठबन्धन विरुद्ध बागी हालेका पुन यस अघिपनि सोहि क्षेत्रमा निर्वाचित भएका थिए ।

सिजलले गठबन्धनबाट टिकट नपाएपछि माओवादीको पोलिट ब्युरो सदस्य तथा रोल्पा इन्चार्जबाट राजीनामा दिएर बागी उम्मेदवार बनेका थिए ।

 

 

Facebook Comments