• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा नेकपा एसका ज्वाला निरन्तर अग्रताको रफ्तारसँगै बिजयको नजिक




सल्यान, ७ मंसिर । एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि सल्यानमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला बिजयको नजिक पुग्नुभएको छ । सुरुवाती चरणदेखि नै अग्रता बनाउनुभएका ज्लाला जित नजिक पुग्नुभएको हो । अहिलेसम्म ६२ हजार बढी मत गणना गर्दा ज्वाला करिब करिब ११ हजारको मतान्तरसहित अग्रता कायम गरिराख्नु भएको छ ।अहिले सम्म ज्वालाले २६ हजार ६ सय १६ मतपाउनुभएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १५ हजार ६ सय ५० मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ । शाह कांग्रेसबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारि दिनुभएको थियो । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका राजेन्द्रवीर रायले ८ हजार ९ सय ९५ मत ल्याउनुभएको छ ।

दुई प्रदेश सभा रहेको सल्यानमा दुवै प्रदेशसभामा गठबन्धनका साझा उम्मेदवार फराकिलो मतान्तर सहित अग्रता कायम गरि राखेका छ्न ।
प्रदेशसभा (क) मा नेकपा माओवादीका भिम प्रकाश शर्माले अहिलेसम्म १६ हजार १ सय ८४ मत ल्याउनु भएको छ ,भने शर्माका निकट्तम प्रतिस्पर्धि एमालेका कुल बहादुर गिरीले १० हजार २ सय १६ मत ल्याउनुभएको छ ।

त्यस्तै प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारीले १४ हजार ५१६ मत ल्याउनु भएको छ , भने अधिकारीका निकट्तम प्रतिस्पर्धि नेकपा एमालेका गुलावजंग शाहले १२ हजार १९१ मत ल्याउनुभएको छ ।जिल्लामा कुल ८४ हजार २२ मत खसेको थियोे ।

Facebook Comments