• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
२८ बर्षे युवाले दिलाए गठबन्धनलाई पहिलो जीत




नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । गौचनले ३ हजार ९९२ मत पाउँदा तुलचनले ३०७८ मत मात्र पाए । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग तुलाचन​ ९१४ मतले पराजित भएका छन् ।

नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

योगेश गौचन आफ्नो पिताको राजनीतिक विरासतलाई अघि बढाउँदै राजनीतिमा होमिएका हुन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका उनी पिता रोमी गौचन विरासत बोकेर पहिलो पटक आम निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । उनका पिता रोमी गौचन २०७३ मा वाणिज्यमन्त्री थिए ।ली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । गौचनले ३ हजार ९९२ मत पाउँदा तुलचनले ३०७८ मत मात्र पाए । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग तुलाचन​ ९१४ मतले पराजित भएका छन् ।

नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् ।

योगेश गौचन आफ्नो पिताको राजनीतिक विरासतलाई अघि बढाउँदै राजनीतिमा होमिएका हुन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका उनी पिता रोमी गौचन विरासत बोकेर पहिलो पटक आम निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । उनका पिता रोमी गौचन २०७३ मा वाणिज्यमन्त्री थिए ।

Facebook Comments