• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यानमा आचारसंहिता उलंघन गर्ने मतदान अधिकृतसहित तीन जनालाई कारबाही




नबिन पिएम

सल्यान, १ मंसिर । यहि मंसिर ४ मा हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि छनोटमा परेका तीन जना कर्मचारी कारबाहीमा परेका छन् । निर्वाचन आचारसंहिता उलङ्घन गर्ने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका हुन् ।

निर्वाचन आचारसंहिताविपरीत काम गरेको भन्दै । कारबाहीमा परेका बन्गाड कुपिन्डे नगरपालिकाको कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रका मतदान अधिकृत, बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अनन्तराज गौतम,कालिमा प्रावि कजेरीमा सहायक मतदान अधिकृतमा नियुक्त गरिएका शिक्षक दलबहादुर खडका र नव सर्वसाधारण प्रावि रातामाटा ख दार्मामा परेका सहायक कर्मचारी चोपीलाल बस्नेत रहेको बताइएको छ ।

बन्गाड कुपिन्डे नगरपालिकाको कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रमा छनोटमा परेका अनन्तराम गौतमले आचारसंहिताविपरीत कर्मचारीको सरुवा गरेको र अन्यले निर्वाचन प्रचारप्रसारमा सहभागी भई आचारसंहिताविपरीत काम गरेको उजुरी परेपछि कारबाही गरिएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताउनु भयो ।

उक्त कारबाहिमा परेकाहरुलाई हटाएर अहिले अन्यलाई नियुक्त्ति दिएर मतदान केन्द्रमा पठाइएको छ ।आचारसंहिता उलंघन गरेका १४ जना मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतलाई पनि स्पष्टीकरण सोधिएको जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments