• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत




ज्ञानसिन्धु मावि घोराहीमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् ।

बुधवार एक कार्यक्रम गरी उनीहरुले नव आगन्तु विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । उनीहरुले अविर र खादा ओडाएर स्वागत गरेका थिए ।

कक्षा १२ का विद्यार्थी लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्ती शिक्षा क्याम्पसका निमित्त प्रमुख गणेश खड्काले विद्यार्थीहरुले चौतर्फी ज्ञान हालि गर्नुपर्ने बताउनुभयो । घोकेर पास गर्ने प्रवृत्तिबाट माथि उठेर विद्यार्थीहरु आफ्नो बिषयमा दक्ष बन्नुपर्ने र समाज तथा वातावरणको चौतर्फी ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो ।

बिशिष्ठ अतिथि ज्ञानसिन्धु माविका सहायक प्रिन्सिपल टंक शर्माले लगनशिलता, अनुसशासन र मेहनत नै सफलताको आधार भएकाले सबै विद्यार्थीलाई यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । विद्यार्थीहरुमा पढाइप्रतिको चासो कम हुँदै गएकाले यसलाई सुधार्न विद्यालय, अभिभावक र विद्यार्थी सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

ज्ञानसिन्धु माविका कक्षा ११ र १२ का संयोजक तिलक अधिकारीले विद्यार्थीहरुलाई विद्यालयमा घरका अभिभावकको जस्तै मायाँ गरेर पठनपाठन गराउने उल्लेख गर्दै विद्यार्थीले पनि विद्यालयलाई घरजस्तै मान्नुपर्ने बताउनुभयो ।

कक्षा १२ का छात्र लोकेन्द्र केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन छात्र निर्मल डाँगी र छात्रा देवी घर्तीले गर्नुभएको थियो । सो क्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिहरु देखाएका थिए ।

Facebook Comments