• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अमरसिंह पुनलाई रोक्नु भनेको निरंकुश आउनु हो: बुढा




प्रेम क्षेत्री
होलेरी, ३० कार्तिक । रोल्पाको होलेरीमा कार्तिक २९ मंगलबार सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्न आउने भनिएतापनि कार्य ब्यस्तताको कारण नआएपछि आफ्ना कार्यकर्तालाई प्रशिक्षण तथा निर्देशनमूलक अनौपचारिक छलफल गरिएको छ । मंगलबार रोल्पाको होलेरीमा रहेको जलजला होटेलमा सो छलफल गरिएको हो ।

उक्त अनौपचारिक कार्यक्रममा नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला इन्चार्ज राज बहादुर बुढाले यो गठबन्धन शान्ति, स्थायित्व र संविधान रक्षाको लागि मात्र नभई नेपाली काङ्ग्रेस र माओवादी भनेका द्वन्द्वरत पार्टीहरु भएकोले अझैपनी द्वन्द्वकालिन मुद्दाहरु समाधान नभएकोले पनि गठबन्धन आवश्यक भएको बताए ।` नेपाली काङ्ग्रेस र माओवादी पार्टीको बिचार सिद्धान्त फरक छ्न्, तर मुद्दा मात्र मिलेको हो, ´उनले भने `हामी निरंकुश प्रवृत्तिको विरुद्धको मुद्दा, शान्ति र संबिधान बचाउने मुद्दा हो । नेपाली काङ्ग्रेस हत्या, हिंसामा बिस्वास गर्दैन जनआन्दोलनमा बिस्वास गर्छ, काङ्ग्रेसले माओवादीलो टाउकोको मूल्य टोकेको होइन्। त्यतिखेरको सामान्ती ब्यबस्थाले गरेको हो ।´

द्वन्द्वकालका मुद्दालाई पूरा गर्ने राजनीति स्थायित्वको लागि द्वन्द्वरत यी दुई पार्टी राष्ट्रिय स्वाधीनताको रक्षा , रोल्पा बिद्रोह गर्न सक्नेमात्र नभई शान्तिको सन्देश दिन चाहने तथा पार्टीको सदस्य हुने स्वतन्त्रको प्रचार गर्न छुट नहुने र पार्टीको आधिकारिक निर्णय मान्नुपर्ने उनको भनाइ छ । उनले खुलेर लाग्नुस भावनामा होइन, नीति र बिचार सुन्नुपर्ने र सिजल पार्टीको साधारण सदस्यसम्म नरहेकोले सहयोग नगर्न निर्देश दिए ।

त्यस्तै उम्मेदवार अमरसिंह पुनले सिजलले स्थानीय निर्वाचनमा गठबन्धन गर्न नचाहेको अनि आफू गठबन्धनको पक्षमै रहेकोले काङ्ग्रेसलाई दोष दिन नमिल्ने बताए । उनले सिजल सिद्धान्तबाट बिचलित , आर्थिक हिनामिना , महत्वाकांक्षी अवसरबादी लगाएतको आरोप पनि लगाउन भ्याए ।

मुख्यगरी माओवादी कार्यकर्ता सिजलको प्रचारमा संलग्न भएको आरोप मात्र लगाएननकी उनले भने पार्टीको निर्देशन नमाने पार्टीले कार्बाही गर्छ । नगरे आफुहरुले कार्बाही गर्न दबाब दिनेसम्म भनेका छन् । माओवादीका केहि कार्यकर्ताहरु भने अमरसिंह र राजबहादुरको खरो , निरंकुश अभिव्यक्ति भएको भन्दै अर्को कृष्ण बहादुर महरा, कुलप्रसाद केसि लगाएतको उपस्तिथिमा भएको कार्यक्रममा सहभागी भएनन् ।

स्थानीय तहको चुनावमा काङ्ग्रेसले कतिजनालाई कार्बाही गर्यो रु रोल्पादेखि दाङसम्मको रिपोर्ट चाहियो, त्यसमा माओवादीले कति दबाब दिनसक्यो आज आएर कसै ब्यक्तिको लागि तानाशाही निर्देश दिनुको कुनै अर्थ नरहेको कार्यकर्ताको भनाइ रहेको छ ।

Facebook Comments