दाङ / छिल्लीकोटका मतदाताले यस पटक गठबन्धनलाई साथ दिने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका -१९ छिल्लीकोट आयोजित सभा बाेल्दै गाउँलेहरु मंसिर ४ गते हसिया हथौंडा र रुख चिन्हमा मतदान गर्ने गाउँले बताएका हुन्।
पुर्व सभामुख कृष्णबहादुर महराले छिल्लीकोट मन्दिरको पुन: निमार्णकाे गरेकाे भन्दै स्थानियहरुले रेखा शर्मा र प्रचण्ड विक्रम न्यौपाने मतदान गर्ने बताए ।
छिल्लीकोट पुग्ने सडक अलपत्र अबस्थामा रहेकाे भन्दै दुधरास,संक्राम हुदै गाउँ पुग्ने सडक छिटो भन्दा छिटो कालोपत्रे गर्नेमा उम्मेदवारकाे ध्यानाकर्षण गराएका थिए । आर्थिक रुपमा गाउँका सर्वसाधारण पछि परेकाे भन्दै छिल्लीकोटलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गरि राेजगार सिर्जना गर्न माग गरेका थिए ।
त्यस अबसरमा बाेल्दै स्थानिय पुर्ण पुनले गाउँमा उत्पादन हुने, टिमुर,अदुवा,मालागेडी जस्ता जडिबुटी प्रशाेधन केन्द्र नहुदा बर्सेनि करोडौं रुपैयाँ घाटा भई बेहोर्नु पर्ने बाध्यता भएको बताउदै गाउँमै प्रशाेधन केन्द्र संचालन गर्न उम्मेदवारसंग आग्रह गरेका थिए ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले छिल्लीकोटकाे बिकास गर्न आबश्यक पर्ने बजेट ब्यवस्थापन गर्ने उल्लेख गर्नुभयाे । मन्त्री खड्काले पुराना दरवार, मठमन्दिरकाे संरक्षण काम प्रदेश सरकारले थालेकाे उल्लेख गर्दै छिल्लीकाेट दरवारकाे पसन:निर्माणको काम थाल्ने बताउनुभयाे ।
प्रदेश २ (ख) का उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने गठबन्धनले चुनाव जिते गाउँमा अदुवा प्रशाेधन केन्द्र संचालन गर्न आग्रह गरेका थिए । न्यौपानेले छिल्लीकोटकाे बिकास गर्न गठबन्धनलाई मतदान गर्न अपिल गर्नुभयाे ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।


