• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली जनताले गरेको मत माथि गलत प्रयाेग गरेर ओली : महरा




खुमबहादुर सुनार
राेल्पा, नेपालीहरूले विभिन्न दुःख कष्टकर गरेर दिएको मत माथि अझै हस्ताक्षेप गर्ने तानाशाही के.पी ओलि नेपाली राजनीतिका खलनायक पात्रको रुपमा देखा परेको रोल्पा क्षेत्र न १ (क) का बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदवार जोख बहादुर महराले बताउनु कुरा भएको छ ।
आज सुनछहरी गाउँपालिका वडा न ५ जैमाकसला,वडा ७ जेलबाङ र सुनिलस्मृती गाउँपालिका वडा न ७ तेवाङमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा तथा मतदाताहरु सँग भेटघाट कार्यक्रमका प्रमुख अथितिको रुपमा बोल्दै यस्तो कुरा बताउनु भएको थियो ।
त्यस्तै महराले २००७ सालमा राना फालियो, २०४६ सालमा पन्चायत फालियो, २०५२ साल बाट शुरु गरिएको जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन बाट राजतन्त्र फालियको बताउदै नेपाली जनताले निर्माण गरेको सबिधान माथी (कु) गरि तानाशाही शासन चलाउन खोजे पछि गठबन्धन गरिएको बताउनु भयो । तपाईंहरुको एक भोटले प्रतिगामी र प्रतिक्रान्तिकारी हरुको अन्त्य हुने बताउदै हामी निर्वाचन पछि सघ र प्रदेशको सरकार बनाउ छौ त्यो सरकार गठबन्धन को सरकारको हुने बताउनु भयो । संघ,प्रदेश र स्थानीय तहको तहको सरकार सग एक अर्का बिच समन्वय र समझदारी गरि आबश्यकताको आधारमा बिकास निर्माणकस काम गर्ने बताउदै प्रमुख अतिथी महराले देश , सबिधान, ब्यबस्था र जनताको रक्षा नहुदा सम्म गठबन्धन कायमै रहने बताउनु भयो ।
त्यस्तै महराले नेपाली काङ्ग्रेस र माओवादी दुबै पाटि क्रान्ति गरि आएको पाटिहरु भएको बताउदै २००७ सालको आन्दोलनको नेतृत्व काङ्ग्रेसले गरि राना शासन फालेको भन्दै जनयुद्ध र जनआन्दोलनको नेतृत्व माओवादिले गरि अढाइसय वर्षको राजतन्त्र फालेको बताउदै ,महराले बाम लोकतान्त्रिक गठबन्धन लाई प्रभाव पार्ने खालका कुराहरु गर्दा देशको ७७ वटै जिल्लामा गठबन्धनलाइ असर गर्ने भएकोले आम रोल्पा बासिलाइ गठबन्धनको पक्षमा लाग्न अनुरोध गर्नु भयो ।
त्यस्तै प्रमुख अतिथि महराले जतिबेला देशमा अप्ठ्यारो स्थिति आउछ त्यतिबेला देश र जनतालाइ माया गर्ने पाटिहरु एक हुँदै आएको बताउदै प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउनु भयो ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य शुक बहादुर रोकाले गठबन्धनका साझा उम्मेदवारहरु प्रतिनिधि सभामा वर्षमान पुन, प्रदेश सभा (क) मा जोख बहादुर महरा र प्रदेश सभा (ख) मा अमर सिह पुनले निर्वाचन लगभग जिति सक्नु भएको छ , मसिर ४ गते अनुमोदन गर्न मात्र बाकी रहेको बताउनु भयो । हामिले ५ दलिय गठबन्धन गरि निर्वाचनमा आए पनि माओवादी को चुनावी चिन्ह गोलाकार भित्र हसिया हथौड़ा र नेपाली काङ्ग्रेसको चुनावी चिन्ह रुख भएकोले साझा उम्मेदवारलाई भोट दिई अत्यधिक मतले बिजय गराउन अनुरोध गर्नु भयो ।
रोकाले पहिलो र दोस्रो संविधान सभा बाट निर्माण भएको संविधान समय मै ल्याउनमा केपि ओलिले नै रोकेको बताउदै दुख कष्ट गरि नेपाली जनता बाट निर्माण गरिएको नेपालको सबिधानलाइ हातमा लिइ (कु) गर्न लागे पछि यसरी गठबन्धन गरिएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती सहसचिव गन्ज बहादुर क्षेत्रीले स्थानीय तहको निर्वाचनमा म नेपाली काङ्ग्रेसमा भोट माग्न आएको थिय तर आज म तपाईहरु सामु बाम गठबन्धनको साझा उम्मेदवार जोख बहादुर महरालाई लिएर गोलाकार भित्र को हसिया हथौड़ामा भोट माग्न आएको छु तपाईहरुले यसलाइ अन्यथा नमानी देशको इच्छा चाहना अनुसार नेपालका राजनीति पाटिहरु चल्नु पर्ने भएकोले हामी यसरी आएको बताउनु भयो । त्यस्तै क्षेत्रिले जनयुद्धको समयमा देशकै सबै भन्दा धेरै बलिदान गरेको रोल्पाको समग्र बिकास गर्न सघ र प्रदेशमा गठन हुने गठबन्धन को सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

नेकपा माओवादी केन्द्र बाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मिना बुढामगरले इतिहासको अत्यन्त मोडहरुमा तपाईं हाम्रो भेट भएको बताउदै केपि अाेली जनताले दु:ख गरेर लिएको संविधान माथी कुठाराघात गर्न खोजे पछि अझै देश फेरि संकतमा जाने हाेकी भनेर हामिले बाम लोकतान्त्रिक गठबन्धन गरि सबिधानको रक्षाको लागि निर्वाचनमा आएको कुरा बताउनु भयो । यति मात्र हाेइन हामी जनयुद्धमा लागेर कति महिलाहरू श्रीमान बाट अल्गीडाकाे पिडाहरू र छाेरा छाेरी बाट विचलितलाई अझै पनि हामीले सम्बन्ध गर्नु पर्ने छ पनि बुढाले बताउनु भयो । यसरी रोल्पा बाट प्रतिनिधि सभा सदस्यमा वर्षमान पुनलाई गोलाकार भित्रको हसिया हथौड़ामा, प्रदेश सभा सदस्य (क) मा जोख बहादुर महरालाइ गोलाकार भित्रको हसिया हथौड़ामा र प्रदेश सभा (ख) मा अमर सिह पुन लाई रुझ चिन्हमा र समानुपातिकमा आ-आफ्नो पाटिको चुनावी चिन्हमा भोट हाल्न अनुरोध गर्नु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य मान बहादुर बुढानगर, रोल्पा क्षेत्र न१ को निर्वाचन परिचालन समितिका सयोजक आस बहादुर पुन, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार कुस्मा महरा, नेकपा माओवादी केन्द्र सुनिलस्मृती गाउँपालिकाका सचिब रत्न महरा लगायतको सहभागी रहेको थियो ।

Facebook Comments