• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कारागार रोल्पाका कैदीले मतदान गर्न पाउने




खुमबहादुर सुनार

लिवाङ, २९ कार्तिक । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोल्पा जिल्ला कारागारका ६१ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

कारागारमा रहेका १ सय १६ जना कैदीबन्दीहरूमध्ये ६१ जनाले मतदाताले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् । कारागारमा रहेका १० जना महिला कैदीमध्ये ६ जना महिला र १ सय ६ जना पुरुष कैदीमध्ये ५५ जना पुरुष मतदाताहरूको मात्र मतदाता नामावलीमा नाम समावेश रहेको पाइएको छ।

मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने रोल्पा कारागारका जेलर यमलाल वलीले बताउनुभयो । कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा ६१ जनाको नाम छ जेलर वलीले जानकारी दिनुभएको छ ।

Facebook Comments