• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यान गठबन्धन चुनाव जित्नेमा ढुक्क, बिकास गरेर देखाउछौ :प्रकाश ज्वाला




नबिन पिएम 
सल्यान,२९ कार्तिक ।सल्यान मंसिर ४ मा हुने प्रतिनिधि सभाका बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रकाश ज्वालाले प्रतिसप्रधी निकै कमजोर भएकोले आफू संग प्रतिस्पर्धानै नहुने बताए , गठबन्धनको साझा उम्मेदवार भएकोले ,चुनाव जित्नेमा आफु ढुक्क रहेको र जितेपछी पनि बिकास निर्माणको लागि जनताकै सेवा र साथमा रहने बताए ।

नेकपा एकीकृत समाजबादिका केन्द्रिय उप महासचिव समेत रहेका ज्वालाले अमुल्य मत दिएर आफू र गठबन्धनका उम्मेदवारलाई निर्बाचित गराउन सबै मतदाताहरुलाइ आग्रह गरेका छन । सोमबार शारदा नगरपालिकाका विभिन्न वडाहरुमा आयोजित सयुक्त गठबन्धनको जनभेलालाइ सम्बोधन गर्दै उनले आफुले जितेपछी बिकासको लागि तीन वटै सरकार स्थानीय ,प्रदेश र केन्द्र सरकार संग समन्वय गरेर बिकास निर्माणका काम गर्ने र गठबन्धन भित्रका सबैका समस्या सम्बोधन गर्ने र सहकार्य गर्दै अघि बढ्ने बताए ।

अहिलेको देशको आवस्यकता अनुसारनै गठवन्धन भएकाले प्राय सबै गठवन्धनका उम्मेदवारहरुको जित निश्चित भएको उनको भनाइ रहेको छ । जिल्लामा यश अघि पनि धेरै बिकासका काम गरि सकेको र अब जितेर गएपछि झनै केही अपुरा काम पूरा गर्ने र नया आबस्यक्ताका आधारमा जन चाहना अनुरुप काम गर्दै जाने र मतदाताको मतको उच्च मुल्यांकन गर्ने पनि ज्वालाले बताए ।

जिल्लामा ज्वालाको मुक्य प्रतिस्पर्धिमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा एमालेका राजेन्द्र वीर राय छ्न भने प्रदेश क मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका भिम प्रकाश शर्मा छ्न, भने एमाले बाट कुल बहादुर गिरि र प्रदेश सभा ख मा गठबन्धनका साझा उम्मेदवार तथा नेपाली काङ्ग्रेसका सुरेश अधिकारि र त्येसैगरी नेकपा एमाले बाट गुलाब जंग शाह चुनावी मैदानमा छ्न ।

हालै सम्पन्न भएको स्थानीय तहको नतिजालाई हेर्दा सल्यानमा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा रहेका छन् । २०७४ को समानुपातिक मतलाई केलाउँदा नेपाली कांग्रेसले १९ हजार ६५३, नेकपा एमालेले २३ हजार ४ सय ३९ र नेकपा माओवादी केन्द्रले १६ हजार ४८ मत ल्याएका थिए । २०७९ को चुनावसम्म आइपुग्दा एमाले फुटेको छ ।

जिल्लाभरि जम्मा एक लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । जसमध्य पुरुष ८० हजार २ सय १२ रहेका छन् भने महिला ७७ हजार ४ सय ८९ मतदाता रहेका छन् ।

Facebook Comments