कमल खड्का
होलेरी, २९ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपालिकाले विद्यालय अनुगमनलाई सशक्त ढंगले अगाडि बढाएको छ । पालिकाले शिक्षामा देखिने गरि परिवर्तन ल्याउने उदेश्यका साथ सोमबार दुई वटा विद्यालयको अनुगमन गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ४ मसिनामा रहेको सूर्यदय माध्यामिक विद्यालय र वडा नम्बर २ उमामा रहेको उमाभक्त आधारभुट विद्यालयमा दोस्रो दिन अनुगमन भएको हो । पहिलो चरणमा मसिनामा रहेको सूर्यदय माध्यामिक विद्यालयको अनुगमनका भएको हो ।
विद्यालय अनुगमनमा विद्यालयको नयाँ बनेका भौतिक संरचना जिर्ण र जोखिम रहेको पाइएको छ। शौचालयहरुमा समेत सरसफाइ नभएको र प्रयोग भएको प्याड समेत सहि ढंगबाट ब्यवस्थापन नभएको पाइएको छ।
शौचालयमा पानी पर्याप्त ब्यवस्था नएको, कक्षाकोठा सरसफाइ ब्यवस्थित नभएको भेटिएको छ। शैक्षिक क्षेत्रलाई सुधार्नका लागि विद्यालय शिक्षकहरुसंग केही समय छलफल समेत भएको थियोे ।
छलफलमा बोल्दै गाउँपालिका अध्यक्ष जनक पुनले शिक्षाको गुणस्तर पछिल्लो समय खस्किदै गएको कुरा उल्लेख गर्दै शिक्षाको स्तर बढाउने उदेश्यका साथ अनुगमनमा लागेका उल्लेख गरेका छन् । विद्यालय अनुगमन हुनु निकै सकारात्मक पक्ष भएको विद्यालय प्रधानध्यापक धर्म घर्तीले बताएका छन् । विद्यालय अनुगमन बेला बेला भईरहे आफुहरुलाई समेत विद्यालयको समस्या दर्साउन सजिलो हुने उल्लेख गरे।
नेपाल शिक्षक महासंघका अध्यक्ष भिम बहादुर दसौदीले विब्यस बैठक भएन नभएको विषयमा प्रश्न गरेका थिए । केही समय एता बैठक नभएको प्रअले जानकारी दिएपछि महांसघ अध्यक्षले नियमित बैठकले पनि केही विद्यालय समस्या हल गर्न सक्ने कुरा उल्लेख गरेका छन्।
त्यस्तै रुन्टीगढी शिक्षा शाखाका प्रमुख अन्जु शर्माले विब्यस बैठक कम्तीमा २ महिनामा १ पटकसम्म गरेर भएपनि समग्रमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिन उल्लेख गरे । शिक्षा सुधारर्ने विषयमा शिक्षक ईश्वर प्रसाद केसीले सकारात्मक सुझावपनि राखेका छन् ।
त्यस्तै सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष टेकलाल पुनले अनुगमन शिक्षा सुधार्नमा यो अभियान भएकोमा बताएका छन् ।
त्यस्तै दोस्रो चरणमा उमाभक्त आधारभुत विद्यालयमा अनुगमन गर्दा विद्यालय ब्यबस्थापन समितिको बैठककै बस्न नसकेको खुलेको छ । विब्यस बैठक बस्न नस्कदा विद्यालय ब्यवस्थापनमा समस्या भएको कुरा त्यहाँ प्रअले जानकारी गराएका छन् । विद्यालयमा खाजा खुवाउने सन्दर्भमा शिक्षा शाखा प्रमुखले नियमित गराउनु पर्ने कुरा उल्लेख गरेका छन् । त्यस्तै शौचालय र विद्यालय वातावरणमा सरसफाइ नभएको भेटिएको छ ।
रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, शिक्षा शाखा प्रमुख अन्जु शर्मा ,नेपाल शिक्षक महासंघका अध्यक्ष भिम बहादुर दसौदी ,सामाजिक विकास समिति संयोजक तथा वडा न ७ का अध्यक्ष टेकलाल पुनसहितको टिमले संयुक्त रुपमा विद्यालयको अनुगमन गरेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।