• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बनगाडमा पुगेर शर्माले भने – सत्तामा नहुँदा पनि महत्वपूर्ण काम गरेको छु




हिमाल शर्मा
सल्यान, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा (क) साझा उम्मेदवार भिम प्रकाश
शर्माले आफु सत्तामा नहुदा पनि सल्यान जिल्लाको लागि महत्वपूर्ण काम गरेको बताउनु भएको छ ।चुनावी अभियानका क्रममा वनगाड कुपिण्डे
नगरपालिकाका विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्दै शर्माले यस्तो बताउनु भएको हो ।

 

आफू कर्णली प्रदेश मुख्य मन्त्रीको राजनैतिक सल्लाहकार होस या त्यो भन्दा बाहिर हुँदा आफुले आफ्नो क्षेत्रवाट लागे–पुगेसम्मको
विकास निर्माण लगायतका महत्वपूर्ण काममा ठूलो भूमिका खेलेको बताउनुभयो । सत्तामा जादा जिल्लाको लागि राम्रो काम गर्न सकिन भन्दै यस पटक
सल्यानी जनताको लागि सुनौलो अवसर पाएको बताउनुभयो ।

अन्य राजनैतिक दलका नेताहरुले पहिले जनतालाई विभिन्न आश्वासन बाढ्दै विभिन्न प्रलोभन
देखाउदै जाने र सत्तामा जादा जनतासँग खाएका बाँचा कसम बिर्सने गरेको बताउनदै आफू त्यस बाटोमा सजक भएर काम गर्ने उहाँले बताउनुभयो ।
विकास गर्नको लागि धेरै महत्वकांक्षी राख्नु भन्दापनि जनताको आधारभूत आवश्यकतालाई प्रथामिकतामा राखेर कामगर्ने उहाँले बताउनुभयो

वनगाड कुपिण्डे नगरपालिका सदरमुकामबाट नजिक भएको अनुभूति गराउन प्रदेश सरकारबाट योजना पारेर बाटो राम्रो गराउन पर्ने बताउनुभयो । वनगाडका विभिन्न स्थानमा खानेपानिको चरम समस्या हुने गरेको वताउदै आफुले प्रदेश सरकारमा हुँदा विभिन्न स्थानमा धेरै कुराको समस्या समाधान हुने उहाँले बताउनभयो ।

अन्य राजनैतिक दलका नेताहरुले आज भोली
बिजुलीका पोल र तारमा राजनैतिक गर्ने गरेकाले सबै त्यसबाट सजक हुन सवैलाई सजक गराउनुभएको छ ।
सरकारले नै देशलाई लोड सेडिङ मुक्त नेपाल वनाउने भन्दै विजुलीका पोल र तार क्रमिक रुपमा हुने बताउनुभयो । प्रदेश सभा क मा २५ हजार ९ सय घर धरी मध्य ५६ प्रतिशत घर धुरीमा वत्ति वली सकेकाले र कतिपए स्थानमा ट्यान्डर भैसकेको २ वर्ष भित्र सवै ठाउँमा बत्ति बाल्ने गरी संघीय सरकारले काम अगाडि बढाएको र प्रदेश सरकारले पनि त्यसलाई सहयोग गर्ने
उहाँले बताउनुभयो ।

वनगाड कुपिण्डे नगरपालिका भौगालिक हिसावले पछाडि परेको र बस्ती डाडामा भएकाले लिप्ट खानेपानीको माग धेरै आउने गरेको र कतिपय
डि.पि.आर गरेर केन्दीय सरकार प्रदेश सरकार र स्थानीय सरकारमा थन्कीएकोले क्रमश आवश्यकता का आधारमा कामलाई अगाडी वढाउने र
संघीय सरकारसँग पहल गर्ने उहाँले बताउनुभयो ।

सल्यान जिल्लाको टिनका छाना भएका विद्यालयलाई पाँच वर्षभित्र पक्की भवनमा परिणात गरी भौतिक पूर्वाधारमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफुलाई सल्यानी जनताको एउटै गुनासो गर्ने गरेको
र त्यो गुनासो भनेको चुनाव जितेर जादा गाउँ फर्कने र फोन गर्दा उठाउन आग्रह गरेको र त्यसलाई आफुले राम्रोसँग बुझेकाले फोन उठाउने र जनता कहाँ समय समयमा जाने उहाँले सबै मतदातालाई
बताउनुभएको छ ।

यस्तै नेपाली कांग्रसका क्षत्रीय सभापनि सुरेश चन्दले नेपाली कांग्रेसका सबै नेता कार्यक्रता र मतदातालाई गठवन्धनका साझा उम्मेदवारलाई निर्धक भएर मतदान गर्न आग्रह गर्नुभएको छ । पार्टीको
सिफाइ भएपछि पार्टीको निर्देशन मान्नु सबै कांग्रेसीहरुको धर्म भएकाले सबैले गठवन्धनका सबै उम्मेदवारलाई मत दिन र मत माग्न आग्रह
गर्नुभयो ।

भिविन्न स्थानमा गठवन्धन सम्वद्ध दल भित्र मतभद भए पनि त्यसलाई निराकण गर्दै जाने र त्यसको जिम्मा आफुने लिने समेत वताउनुभयो । उहाले भन्नुभयो भिम प्रकाश शर्मा र सुरेश अधिकारी र प्रकाश ज्वाला कुनै पार्टीको उम्मेदवार नभएर गठवन्धन आवद्ध सवैको साझा उम्मेदवार
भएकोले काम पनि साझा रुपमै गर्ने उहाँले बताउनुभयो ।

Facebook Comments