• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लायन्स क्लबका नयाँ सदस्यहरूलाई नेतृत्व विकास तालिम




घाेराही, २६ कार्तिक । लायन्स क्लब अफ घाेराही सिटीले नया सदस्यहरूका लागि नेतृत्व विकास तालिम सञ्चालन गरेकाे छ ।

क्लबकाे आयाेजनामा घाेराही- १३ बाह्रकुनेमा शनिवार तालिम सम्पन्न भएकाे हाे । लायन्स क्लब अफ घाेराही सिटीका अध्यक्ष पवन याेगीकाे अध्यक्षता र लायन्स क्लबका डिस्ट्रिक ३२५ एन का प्रथम भाईस गभर्नर एमजीएफ मुकुट ढकालकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरूले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेकाे याेगदान महत्वपूर्ण भएकाे भन्दै सामाजिक कार्यलाई थप गर्न आवश्यक भएकाे बताएका थिए ।

कार्यक्रममा लायन्स क्लबका एओजी युवराज थपलीया, एरिया चिफ तेजप्रसाद अधिकारी र ध्रुव गाैतम, लायन्स क्लब अफ घाेराही सिटीका संस्थापक अध्यक्ष तुलसीराम राना, पूर्व अध्यक्ष भाेलानाथ अधिकारी, निवर्तमान अध्यक्ष ललित श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

तालिमकाे प्रशिक्षकमा लायन्स क्लबका डिस्ट्रिक ३२५ एन का प्रथम भाईस गभर्नर एमजीएफ मुकुट ढकाल, लायन्स क्लब अफ घाेराही सिटीका संस्थापक अध्यक्ष तुलसीराम राना, पूर्व अध्यक्ष भाेलानाथ अधिकारी रहनुभएकाे थियाे । कार्यक्रम संयाेजक राजीव याेगीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरणलायन्स क्लब घाेराही सिटीका तृतीय उपाध्यक्ष सनत गिरी र क्लबका सचिव रविकिरण के.सीले गर्नुभएकाे थियाे ।

Facebook Comments