घरेलु टोली नेपालले पहिलो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
तीन ओडिआई खेलको सिरिजमा नेपाल सानदार सुरुवात गर्दै अग्रता लिन चाहन्छ । युवा ब्याटर रोहित पौडेलले कप्तानीमा डेब्यू गर्नेछन् । उता टि२० विश्वकप खेलेर फर्किएको युएईको मनोबल उच्च छ । टि२० विश्वकप खेल्दाका १० खेलाडी नेपाल भ्रमणमा छन् ।
युएईका प्रमुख अलराउन्डर रोहन मुस्तफा टोलीमा फर्किएका छन् । मुस्तफालाई टियु मैदान र नेपाली खेलाडीबारे राम्रोसँग थाहा छ । नेपालको रोहित र युएईको सिपी रिजवानले कप्तानी गर्नेछन् । कुनै पनि टोलीले प्लेइङ ११ विपक्षी टोली, पिच र कन्डिसनलाई हेरेर उतार्ने गर्दछ । त्यसैले अनुसार आज नेपालले प्लेइङ ११ युएईविरुद्ध मैदान उतार्नेछ ।
नेपालको ओपनरमा आसिफ शेख, अर्जुन साउद र कुशल भुर्तेल छन् । यी तीनबाट दुई ओपनर मैदान उत्रार्नेछ । आसिफ शेख र अर्जुन साउदले ओपनिङ गर्ने देखिन्छ । आसिफको भूमिका एक एण्डबाट विकेट बचाउँदै ठूलो इनिङ खेल्नु पर्ने हुन्छ ।
विकेटकिपर अर्जुन राम्रो सुरुवात दिलाउनु पर्ने हुन्छ । अर्जुनबाट आक्रामकसँगै संयमित इनिङ चाहन्छ । यी दुई ओपनरले राम्रो सुरुवात दिदा मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई खेल्न सहज हुनेछ ।
नेपालको ब्याटिङमा गहिराई छ । तेस्रो नम्बरमा सर्वाधिक अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल हुनेछन् । ज्ञानेन्द्रबाट नेपाल उत्कृष्ट इनिङ चाहन्छ । यदि ओपनर सस्तैमा आउट हुँदा पनि जिम्मेवारीका साथ अघि ज्ञानेन्द्रले बढाउनु पर्नेहुन्छ । उनको अनुभव निकै महत्वपूर्ण हुनेछ ।
चौथो नम्बरमा दीपेन्द्र र पाँचौं नम्बरमा रोहित पौडेल हुनेछन् । यी दुई युवा ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । दीपेन्द्र र रोहित दुबैले गतवर्ष टियुमा पपुवा न्युगिनीविरुद्ध शतक हानेका थिए । प्रधानमन्त्री कपमा दीपेन्द्रले दुई शतक हानेका छन् । रोहितले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । घरेलु मैदान र समर्थक हुँदा यी दुई ब्याटङरको मनोबल अझ उच्च छ ।
नेपालले आरिफ शेखलाई छैटौं नम्बरमा खेलाउने छ । आरिफ भरपर्दा ब्याटर हुन् । नेपालले खराब सुरुवात गर्दा अन्तिम आशाको रुपमा रहनेछन् । आरिफ भरपर्दा ब्याटर हुँदा अन्तिम सम्म खेल लगेर जानुपर्ने हुन्छ । आरिफ तीव्र गतिका पार्टटाइम बलर समेत हुन् ।
फिनिसरको भूमिकामा नेपालले आदिल आलमलाई खेलाउनेछ । उनीबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ । आदिलको काम थोरै बलमा धेरै रन बनाउने हुनेछ । उनी तीव्र गतिका बलर समेत हुन् ।
नेपालले तीव्र गतिका बलरमा कमलसिंह ऐरी र करण केसीलाई खेलाउने सम्भावना छ । करण विष्फोटक ब्याटिङ गर्न सक्छन् । कमलले राम्रो प्रदर्शन गर्दै आएका छन् । सोमपाल कामी डेंगीबाट फर्किएको हुँदा पहिलो खेलमा विश्राम दिनसक्छ ।
नेपालले आज दुई स्पिनर ललित राजवंशी र सागर ढकाललाई मैदान उत्रार्ने सम्भावना छ । स्पिन आक्रामणलाई दीपेन्द्रले साथ दिनेछन् ।
नेपालको सम्भावित प्लेइङ ११
आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल९कप्तान०, आरिफ शेख, कमलसिंह ऐरी, करण केसी, आदिल आलम, ललित राजवंशी र सागर ढकाल ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।