• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिकाद्वारा विद्यालय अनुगमन




कमल खड्का

रोल्पा, २७ कार्तिक । शिक्षा क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउनका लागि रोल्पाको रुन्टीगढी गाउँपालिकाले विद्यालय अनुगमलाई अघि बढाएको छ । गाउँपालिकाको शिक्षा शाखाले आज आइतबार रुन्टीगढी गाउँपालिका वडा नं. ६ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको अनुगमन गरेको हो ।

विद्यालय शिक्षाकोस्तर सुधार गर्ने लक्ष्य अनुसार अनुगमनको पाटो अगाडि बढाइएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर, पठनपाठनको  अवस्था तथा भौतिक , तथा सरसफाइको अवस्थाको बारेमा अनुगमन गरिएको हो ।

रुन्टीगढी गाउँपालिका शिक्षा शाखा प्रमुख अन्जु शर्मा , गाउँपालिका अध्यक्ष जनक पुन, सामाजिक विकास समिति संयोजक तथा रुन्टीगढी गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकलाल पुन, वडा नं. ६ का अध्यक्ष घन बहादुर घर्तीसहितको टोलीले संयुक्त अनुगमन गरेका थिए ।

Facebook Comments