• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङका नेता-कार्यकर्ता किसानको खेतमा धान काट्न ब्यस्त




श्रावण कुमार यादव
घोराही, २६ कार्तिक। नेपाल कम्युनिस्ट पार्टीले आसन्न मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई खारेज गर्ने कार्यनीति लिएको छ । पार्टीको चुनाव खारेजको कार्यनीतिलाई सशक्त बनाउन अतिबेला नेता- कार्यकर्याहरु देशभर चुनाव खारेजको अभियान लिएर अगाडि बढेका छन् ।No description available.

संसदीय दलका नेता-कार्यकर्ताहरु चुनावको प्रचारप्रसारमा देखिन्छन, भने नेकपा दाङका नेता-कार्यकर्ताहरु चुनाव खारेज अभियानसँगै किसानका खेतमा धान काट्न ब्यस्त रहेका छन् ।No description available.

नेकपा घोराही नगर कमिटीका सेक्रेटरी महान सीले राजनिति मात्रै होइन्, बचेको समयलाई जनतासँगसँगै जनश्रममा जोडिएको बताए । उनले नेपाली जनताले हालसम्म कुनैपनि किसिमको अधिकार प्राप्त नगरेको र आफ्नो मौलिक अधिकार समेत प्राप्त गर्न नसक्ने अवस्थामा मतपत्र वा चुनावको सामग्री दुई महिना भित्रमा रोल्पा, सल्यान, हुम्ला, जुम्ला लगाएतका विकट ठाउँहरूमा पुग्न सक्ने तर बालबालिका, बिद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्यका निम्ती पढ्नको लागि महिनौ दिनसम्म किताव नपाउने अवस्थाले नै नेपालमा दलाल संसदीय व्यवस्था असफल भएको पुष्टि गरे ।No description available.

नेपालमा परिवर्तन गर्नका लागि र जनताको उन्मुक्तिका निम्ति जनतासँगसँगै क्रान्तिमा रहेको र संसदीय व्यवस्थाका मतियाराहरु आफ्नो पाँच बर्षको लाईसेन्स नवीकरण गर्नका लागि घर दैलोमा जनताहरुलाई विभिन्न किसिमका झुठा भ्रमहरु फिजाएर जनताहरुलाई भ्रमित पारेको स्पष्ट पारे ।

आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सशक्त राजनीतिक ढङ्गले खारेज गर्नका निम्ति जनताको साथमा यतिबेला धान काट्दै, श्रमदान गर्दै आफूहरू विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको उनको भनाइ छ ।

Facebook Comments