• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ उबासंघद्वारा अग्निपीडितलाई आर्थिक सहयोग




आगलागी हुदा पीडित भएका उद्योगी तथा व्यावसायीहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ । संघले मंगलवार एक कार्यक्रमको आयोजना गरी  पिडितहरुलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैया सहयोग गरेको हो । आगोलागीबाट पिडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ । संघले व्यावसायी सुरक्षीत कोष वाट ३ लाख र संघका कार्य समिती तथा उद्योगी व्यावसायी वाट सङकलीत २ लाख २५ हजार ५ सय ६३ रुपैया गरेर ५ लाख २३ हजार ५ सय ६३ रुपैया सहयोग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । प्रत्येक व्यक्ति १ लाख ७४ हजार ५ सय २१ रुपैयाका दरले ३ जनालाई सहयोग गरिएको वुढाथोकीको भनाइ रहेको छ । संघले पिडामा रहेकालाइ मलक लगाउने काम गरेको अध्यक्ष वुढाथोकीले बताए । पिडितलाइ राहातका लागि अन्य निकायमा समेत प्रयास जारी राखेको उनको भनाइ रहेको छ । अहिले संघ र संघका कार्य समिती तथा अन्य उद्योगी एवम व्यावसायीहरु वाट प्राप्त भएको सहयोग प्रदान गरिए उनले बताए । सहयोग गर्न इच्छुक उद्योगी व्यावसायी तथा सहयोगी दाताहरुले सहयोग गर्न सकिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।
उद्योगी तथा व्यावसायीहरुलाइ विपद् परेको समयमा सहयोग प्रदान गर्नका लागि सघले व्यावसायीक सुरक्षा कोष स्थापना गरेको संघका कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिए । उक्त कोषवाट उद्योगी तथा व्यावसायीहरुलाई समस्या पर्दा सहयोग गर्ने गरिएको उनको भनाइ रहेको छ ।
सरकारले व्यावसायीहरुलाइ समस्या पर्दा सहयोग गर्नु पर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बताए । राज्यलाई कर तिर्ने व्यावसायीलाई राज्यले पनि समहयोग गर्नु पर्ने उनको भनाइ रहेको छ । पिडितका वुवा श्रीभगवान ठाकुरले सबैले अप्ठेयारोमा परेकालाई सहयोग गर्नु पर्ने बताए । सबैले आफनो क्षमता अनुसार सहयोग गर्न सक्ने उनको भनाइ रहेको छ । ‘हामी सबैले आफनो क्षमता अनुसार सहयोग गर्न आवश्यक छ’ ठाकुरले भने । उद्योग वाणिज्य संघले सहयोग गरेर पिडामा मलक लगाउने काम गरेको बताए ।

यही कार्तिक ७ गते आगलागी वाट घोराही उपमहानगरपालिका–१५ उमेश मार्गमा रहेका चार वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका थिए ।

Facebook Comments