• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ उवासंघले व्याज बृद्धिको विरोधमा संघर्षक कार्यक्रम गर्ने




दाङ, १६ कार्तिक ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले राष्ट्र बैकले व्याज बृद्धि गरेकोे विरोधमा आन्दोलन गर्ने भएको छ । संघको बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । राष्ट्र बैकले ब्याज वृद्धि गरेपछि उद्योगी तथा व्यावसायीहरु मारमा परेको भन्दै संघले आन्दोलन गर्ने निर्णय भएको अध्यक्ष टंकसिंह वुढाथोकीले बताए ।

सरकारले उद्योगीलाई सहयोग गर्नु पर्ने अवस्थामा बैकको ब्याज बृद्धि गर्दा यसले थप पिडा दिएको अध्यक्ष वुढाथोकीले बताए । ‘उद्योगी तथा व्यवसायीहरु बाध्य भएर सडकमा जानु पर्ने अवस्था आएको छ ’ उनले भने

विभिन्न समस्याका भोग्दै आएका उद्योगी तथा व्यावसायीहरुलाई बैकले व्याज बृद्धि गर्दा पलायन भइ रहेकोे संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । यस्तै अवस्था रहे थप पलायन हुने उनको भनाइ रहेको छ ।
यस प्ररकारका छन मागहरु
१, कर्जामा एक अंकको ब्याजदर कायम हुनुपर्ने ।
२. बैंकहरुले विभिन्न शिर्षक मार्फत लिने सेवा शुल्क लगाएतका कुनै पनि शुल्क लिन नपाउने ।
३. पुरानो चालु पुँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागु पर्ने ।
४. कर्जाको व्याजदर पुनःसंरचना गर्ने दिनुपर्ने ।
५. बैकहरुको अगाडी बढाएका लिलामी प्रक्रियाहरु तत्काल स्थागित गर्नुपर्ने ।
संघर्षका कार्यक्रमहरु यस प्रकारका रहेका छन
१. २०७९/०७ /१६ गते ३ : ०० बजे बैंकहरु संग छलफल कार्यक्रम ।
२. २०७९/०७/ १७ गते १ :०० बजे बस्तुगत समितिहरुसंग छलफल कार्यक्रम ।
३. २०७९/०७/ १८ गते १ : ०० बजे विभिन्न व्यवसायीक संस्थाहरुसंग छलफल कार्यक्रम ।
४. २०७९/०७/ २० गते नेपालभरका जिल्ला नगर उद्योग वाणिज्य संघहरु, प्रदेश उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयलाई पत्रचार गर्ने साथै व्याजदर बृद्धिको आन्दोलनमा सहभागी हुन उद्योगी व्यवसायीलाई आव्हान गर्ने ।
५. २०७९/०७/ २१ गते गते विरोध ¥याली निकाल्ने र कोणसभा आयोजना गर्ने ।
६.२०७९/ ०७/ २३ गते १०:०० बजे विभिन्न बैंकहरुमा प्लेकार्ड सहित धर्ना बस्ने ।
७. २०७९/ ०७/२४ गते सम्म मागहरु सम्बोधन नभएमा बैंठक वसी आन्दोलनका थप कार्यक्रम निर्धारण गर्ने ।
माथि उल्लेखित मागहरुको सुनावाई नभएमा संघले थप कडा आन्दोलन गर्ने ।
पत्रकार सम्मेलान संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

Facebook Comments