• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लक्ष्मीपुर युबा क्लबले देउसी–भैलो खेलेको रकमबाट खाद्यान्न सहयोग




दाङ । लक्ष्मिपुर युबा क्लबले देउसी–भैलो खेलेर संकलन भएको रकम सामाजिक सेवामा लगाएका छन् । उनीहरूले तिहारमा देउसी र भैलो खेली उठेको रकम बाट दैनिक उपभोग समानहरु असहाय बृद्ध,बृद्धाहरु लाई हस्तान्तरण गरेका हुन् ।
घोराही उपमहानगर पालिका वडा नं. ४ आदर्श टोल निवासी एकल वृद्ध खड्ग बहादुर बिक र सोहि वडाकि पृथ्वी टोल निवासी एकल वृद्ध सुन्तलि बिक लाइ दैनिक उपभोग्य सामग्री चामल तेल नुन बेसार तरकारी पिठो लगायत भैलेखेल्दा दियको चामल रोटीहरु हस्तान्तरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने निर्णय र देउसी–भैलोबाट संकलित रकम सामाजिक सेवामा लगाउने संस्कार बसाल्नको लागि उक्त रकम बाट असहाय बृद्ध,बृद्धाहरुलाई खाद्यान्न सहयोग गरिएको क्लबका अध्यक्ष पंकज आचार्यले बताए ।

उनले नेपाली परम्परा अनुसार देउसी–भैलो खेल्नु राम्रो भए पनि व्यक्तिगत रूपमा वनभोजमा सहभागी हुने र घुमेर उक्त पैसा खर्च गर्नु उचित नभएको बताए । आफूहरूले जस्तै सबैले संस्कृति पनि बचाउने र सामाजिक काममा समेत मन लगाउन भन्नको लागि सामाजिक कार्यमा थोरै भए पनि सहयोग प्रदान गरेको उनले बताए ।

लक्ष्मिपुर युबा क्लबले विभिन्न समयमा समाजिक कार्य गर्दै आएको क्लबका सहसचिव खेमराज भण्डारीले बताउनु भएको छ ।

घोराही उपमहानगर पालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसूदन घिमिरे प्रमुख आथित्यमा एबंम क्लबका अध्यक्ष श पंकज आचार्य अध्यक्षतामा एक कार्यक्रम गरि हस्तान्तरण गरियो कार्यक्रममा कल्ब का पदाधिकारी एंबम सदस्य हरुको उपस्तिथि थियोे ।

Facebook Comments