• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मतपत्र कात्तिक २७ सम्म सबै क्षेत्रमा पुग्ने




निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रमा शुक्रबारदेखि निर्वाचन सामग्री पठाउन थालेको छ । निर्वाचन मिति (मंसिर ४) आउन तीन साता बाँकी छँदा आयोगले निर्वाचन क्षेत्रमा सामग्री पठाएको हो । ती सामग्री जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अधिकृतलाई पठाउनेछ । निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सामान दिएर मतदानस्थलमा पठाउनेछ ।

प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मतपत्र भने कात्तिक २७ सम्म पुग्नेछन् । मंसिर १ सम्म मतदान अधिकृतलाई सामग्री हस्तान्तरण गरी सम्बन्धित क्षेत्रमा पुर्‍याइनेछ ।

आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायत ५८ प्रकारका सामग्री पठाएको हो । जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारका सामान जिल्ला तहमै खरिद गर्नुपर्ने हुन्छ । आयोगले शुक्रबार मात्रै २१ कन्टेनर सामान जिल्ला पठाइएको छ । हरेक सवारीको ‘भेइकल ट्रयाक स्टिम’ बाट निगरानी गरेर कर्मचारीसमेत खटाइएको आयोगले जनाएको छ । आयोगबाट सामान लिएर गएका सवारीको सुरक्षा प्रत्येक जिल्लाका सुरक्षाकर्मीले गरिरहेका हुन्छन् ।

आयोग प्रवक्ता शालिग्राम पौडेलका अनुसार सुदूरपश्चिम र कर्णालीमा आवश्यक पर्ने प्रत्यक्षतर्फका मतपत्र र मतदान गर्ने टेबलमा ओछ्याउने रबर म्याटबाहेक सबै सामग्री पठाइसकेको छ । ‘कतिपय मतदानस्थल पुग्न एक सातासम्म हिँड्नुपर्ने भएकाले दुर्गममा पहिला सामग्री पठाएका छौं,’ उनले भने । प्रदेश १ का केही जिल्लामा पनि सामग्री पठाइएको उनले बताए । आयोगका अनुसार मतपेटिकामा टाँसिने स्टिकर, रबर म्याट र केही मतपेटिका मात्रै आउन बाँकी छ । आयोगले खरिद गरेको सामान आयोग परिसरमै रुजु गरेर हरेक जिल्लामा पठाएको हो ।
सामान प्याकिङ र रुजु गर्न निजामती कर्मचारीबाहेक सेनालाई पनि आयोग परिसरमा परिचालन गरिएको छ ।

Facebook Comments