नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सकिएलगत्तै पुनः चुनावी माहोल तात्न थालेको छ ।
केही दिन आराम गरेका उम्मेदवार र दलका नेता कार्यकर्ता पुनः गाउँगाउँमा पुग्न थालेका छन् । यसैक्रममा आज विहानै दाङ क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवारहरुले वडा नम्बर १२ बाट चुनाव अभियान सुरु गरेका छन् ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्मा र दाङ २(२)का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले विहानैदेखि मतदातासँगको भेटघाट सुरु गर्नुभएको छ ।
सो क्रममा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका उम्मेदवार रेखा शर्माले विगतको चुनाव र यो चुनाव एउटै नभएको बताउनुभयो । अब संविधान र ऐन कानुन बनाउने काम सकिएकाले यसलाई बचाउँदै विकास निर्माणका काममा पूर्णरुपमा अघि बढ्ने बताउनुभयो ।
प्रदेशसभा सदस्यका उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले संविधान, लोकतन्त्र र समृद्धिका लागि बनेको गठबन्धन निकै बलियो रहेकाले यसकै बलमा विकास निर्माणका धेरै काम गर्न सकिने बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।