माओवादी केन्द्रका सल्लाहकार घनश्याम नेपालीको निधन भएको छ ।
तुलसीपुर उपमहानगरपालिका १८ अक्कासी निवासी ६९ बर्षिय नेपालीको निधन भएको हो । लामो समयदेखि जेन्डिसबाट थलिएका नेपालीको तुलसीपुर १७ फोर्टिनाई स्थित घरमा मृत्यु भएको पारिवारले जनाएको छ ।
माओवादी केन्द्र दाङका सल्लाहकार एवम् बिजौरी गाबिस पूर्व अध्यक्ष समेत रहनुभएका नेपाली दंगाली कम्युनिष्ट आन्दोलनका अथक योद्धाका रुपका चिनिनुहुन्छ ।
नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनका अगुवा र पंचायती ब्यबस्था बिरुद्ध संघर्षमा सामेल हुदा नेपाली पटकपटक दाङ,सल्यान, र प्युठानमा जेल जीवन विताउनुभएको थियो । मृतक नेपालीको पार्थिव शरिरमा माओबादी केन्द्रका नेता जगप्रसाद शर्मा ‘अपार’ ले पार्टीको झण्डा ओडाएर श्रञ्द्वाञ्जली ब्यक्त गर्नुभएको थियो ।
अन्त्येष्टिमा एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा, कांग्रेसका प्रदेश प्रवक्ता प्रचण्डविक्रम न्यौपाने, माओबादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’लगायतको उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।