दाङ, ५ कार्तिक । बंगलाचुली गाउँपालिकाका जनताको सुख दुखमा साथ दिने नेता आवश्क रहेको स्थानीयवासीले बताएका छन् । उम्मेदवार हुँदासम्म चिन्ने र निर्वाचित भएपछि नेताहरुले चिन्न छाड्ने गरेको र यसै क्षेत्रबाट जितेका नेताहरुले आफुलाई नचिन्ने गरेको स्थानीयवासीले भनाइ रहेको छ ।
निर्वाचनको क्रममा घरमा आउने र जिती सकेपछि फर्केर नहेर्ने गरेको उनीहरुको भनाइ रहेको थियो । जनताको सुख दुखमा साथसंगै विकासमा सहयोग नेता आवश्यक रहेको बताएका थिए । गठवन्धका उम्मेद्वाहरुसँग उनीहरुले यस्तो बताएका हुन् ।
मतदाताहरुसँग भेटघाटका लागि शनिवार क्षेत्र न २ प्रतिनिधि सभाका उम्मेद्वार रेखा शर्मा र क्षेत्र नं २ क का उम्मेद्वार बंगलाचुली गाउँपालिका वडा नं ३ र ४ का विभिन्न स्थानमा पुगेका थिए । मतदाताहरुले आफ्नो क्षेत्रका समस्याका बारेमा जानकारी समेत गराएका थिए ।
उम्मेद्वाहरुले यस क्षेत्रका समस्याका बारेमा जानकारी रहेको भन्दै विगतमापनि यस क्षेत्रको विकासमा लागेको र आउदा दिनमा पनि लाग्ने बताएका थिए ।
भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा वोल्दै क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माले देशमा समृद्धि र विकासका लागि गठवन्धन भएको बताइन् । जिल्लाको पहाडी क्षेत्र बंगलाचुली विकासको हिसावले पिछडिएको भन्दै आफुहरु विजयी भएमा प्राथमिक्तामा राखेर काम गर्ने उनले बताइन् । सबै जनता समान भएकाले सबैलाई समान दृष्ट्रिले गर्ने उनको बताइन् ।
दाङ क्षेत्र नं २ क का उम्मेद्वार राजु खनालले जनतालाइ कुरा नभइ काम चाहिएको बताए । गठवन्धनका उम्मेदवारले जितेमा भाषण नभइ काम गर्ने उनको भनाइ रहेको थियो । गठवन्धनले जनताको आवश्यकता अनुसार काम गर्ने समेत उनले बताए । ‘गठवन्धनले जनताको भावना बुझेर अगाडि बढने छ ’ उनले भने । जनताको हितमा काम गर्ने गठवन्धनलाई विजयी वनाउन समेत उनले आग्रह गरे । विपक्षीहरुले गठवन्धन वलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे ।
आफ्नो क्षेत्रको विकासका र नागरिकलाई अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । बंगलाचुलीको विकासमा विगतदेखि नै पहल गदै आएको भन्दै आउँदा दिनमा निरन्तरता दिने उनको भनाइ रहेको थियो । देशलाई अशान्तिबाट बचाउनका लागि गठवन्धन गरेर अगाडि वढेको समेत स्पष्ट पारे । अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।