• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङलाई उत्कृष्ट कलेज अवार्ड




यस बर्षको बर्ष उत्कृष्ट कलेज अवार्ड लुम्बिनीबाट राप्ती इन्जिनियरिङ कलेज घोराहीले प्राप्त गरेको छ ।

कलेज रिडर्सले दुबईको शेराटन होटलमा कार्यक्रम गरी ३५ विद्यालय तथा कलेजहरु र १६ शैक्षिक उद्यमीहरुलाई उच्च प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड दुबई २०२२ बाट सम्मानित गरेको हो ।

लुम्बिनीको उत्कृष्ट कलेज अवार्ड राप्ती इञ्जिनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरीलाई प्रदान गरिएको थियो । त्यस्तै एकेडेमिक आईसीटी अनुसन्धान पुरस्कार पनि राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरीलाई प्रदान गरिएको छ ।

नेपाल बिजनेस काउन्सिल दुबईका अध्यक्ष डा. आसिफ अली सिद्दिको प्रमुख र दुबई सरकारका सहसचिव मोहम्मद हुसेन विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. दिपकबहादुर भण्डारीको नेतृत्वमा रहेको नेपाल एडुकेशन अवार्ड (२०२२) को जुरी टिमले उत्कृष्ट विद्यार्थी र कलेटको छनौट गरेको थियो । डेढ दशकभन्दा बढी समयदेखि नेपाली शिक्षामा सेवा गर्दै आएका विद्यालय तथा कलेजहरूबारे वस्तुनिष्ठ रूपमा कलेज रिडर्सले अनुसन्धान गर्दै, विज्ञ र शिक्षाविद्हरूको सल्लाहमा मूल्याङ्कन मापदण्ड बनायर निम्न विद्यालयरकलेज र शैक्षिक उद्यमीहरूलाई सम्बन्धित पुरस्कारका लागि चयन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता कलेज रिडर्सका मुख्य सम्पादक तथा केन्द्रीय हिसानका उपाध्यक्ष रामहरि सिलवालले गर्नुभएको थियो भने कार्यक्रमको कलेज रिडर्सका संरक्षक तथा हिसानका केन्द्रीय सदस्य भवानीप्रसाद पौडेलले गर्नुभएको थियो ।

Facebook Comments