घोराही, ३ कार्तिक । बिरामीहरुलाई सेवा दिनको लागि सञ्चालित बंगलाचुली गाउँपालिकाको एम्बुलेन्स चालकको घरमा विगत १५ दिनदेखि थन्किएको छ । बंगलाचुली गाउँपालिकाद्वारा संचालित दुई वटा एम्बुलेन्स मध्ये एटा एम्बुुलेन्स बंगलाचुली वडा नं. ७,८ हासिपुर बेल्टमा सेवा दिदै आएको छ भने अर्को एम्वुलेन्स बंगलाचुली वडा नं. १,२,३,४,५,६, मा सेवा दिदै आएको थियो ।
दशै मनाउनको लागि घर जान चालकले एम्वुलेन्स लगेका थिए । असोज १८ गते अविरल बर्षाका कारण दर्जनौं ठाउँमा पहिरोको कारण बाटो बन्द भएपछि रा १ झ १३२ नम्बरको उक्त एम्वुलेन्स बंगलाचुली–५ झेलखोलमा चालकको घरमा थन्किएको हो । एम्बुलेन्स सेवा सञ्चालन गर्नका लागि जिल्लास्थित जनस्वास्थ्य कार्यालयमा दर्ता गरी सञ्चालन गर्नु प्रवाधान छ ।
तर एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ ले सञ्चालित एम्बुलेन्सले प्रत्येक चौमासीकमा सम्पूर्ण विवरण बुझाउनु पर्ने भएपनि हालसम्मा कुनैले पनि संञ्चालनको विवरण नबुझाएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाले बताए । बिरामीको सेवा दिनका लागि बसेका एम्बुलेन्स १५ दिनदेखि बंगालचुलीका स्थानीयवासीले एम्वुलेन्सको सेवा नपाउदा सास्ती पाएका छन् । अति इमर्जेन्सी बिरामीले घोराहीबाट महंगो भाडामा एम्वुलेन्स रिर्जभ गर्न बाध्य छन् ।
चालकको भनाइ जस्ताको त्यस्तैः दशै आयो दशै मानको लागि घरत आउन पर्यो घर आउदा किन ल्याइयो भने दशैको दिन राती मान्छे विरामी पर्यो पने यहाँ देखि हिनेर जाने बेला ३,४ घण्टा लाग्छ जानको लागी आफु संग अरु साधान नभएको कारण एम्वुलेन्स घर लिएको हो । मैले पालिकामा भन्दै आएको थिए ।
मलाई कहिले कसो घर जाने बेला सवारी साधान नहुने भएपछि ठिक छ आवश्यक पर्यो भने तेही साधान लगेर जानुहोला भन्नु भएको कारण लिएको हुम । तर बंगलाचुली गाँपालिका स्वास्थ्य संयोजक इन्द्रा बुढाले आफुलाई कुनै जानकारी नगराही लगेकोर र आफुले कहिले पनि व्याक्तिगत कामको लागी प्रयोग गर्ने अनुमती पनि न दिएको बताउनु भएको छ ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।