• १७ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
उपाध्यक्ष सुनारसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा फिर्ता




नेकपा माओवादी केन्द्र दाङ घोराही उपमहानरपालिका वडा नम्बर १९ का उपाध्यक्ष सुदीप सुनारसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा फिर्ता भएका छन् । केही दिनअघि एमाले प्रवेश गरेका सुनार, वडा कमिटी सदस्य रोहित बिकलगयातका नेता कार्यर्ता पार्टीमा फिर्ता भएका हुन् ।

नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हेमराज शर्मा ‘डायमण्ड’, जिल्ला सचिव विश्वराज आचार्य, नेता मने विक ‘उदय’लगायतसँगको छलफलपछि उहाँहरु आफ्नै पार्टीमा फर्कनुभएको हो । माओवादी केन्द्रका सचिव आचार्यले भने पार्टीभित्रको अन्तरसंघर्षका कारण बाहिर बस्नुभएका सुनार, बिकसहितका नेता कार्यकर्ता पार्टी काममा फर्केको बताउनुभयो । उहाँहरु पहिले पनि माओवादीमा रहेको र अब पार्टी काममा लाग्ने जानकारी दिनुभयो ।

सुनार र विकले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ– ‘गौरवपूर्ण इतिहास निर्माण गरेको गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रले प्रदान गरेको जिम्मेवारी वहन गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन कटिबद्ध छौं ।

Facebook Comments