नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तु महाधिवेशनबाट दाङका छ जना केन्द्रीय समितिमा परेका छन् ।
यसअघि बलबहादुर ओली ‘शीतल’ मात्रै केन्द्रीय सदस्य रहेकोमा प्रदीप ओली, सम्झना बिक, पाटन जंगली र यमलाल कटुवाल केन्द्रीय सदस्य बन्नुभएको छ । त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही वैकल्पिक केन्द्रीय बन्नुभएको छ ।
रोल्पाबाट पुराना केन्द्रीय सदस्य यथावत रहेका छन् भने दिनेशविक्रम चन्द, सम्झना घर्ती र सन्तोष सुवेदी केन्द्रीय सदस्यमा थपिनुभएको एक नेताले बताए ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।