कपिलवस्तुमा सोमबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवौं महाधिवेशनले पुनः नेत्रविक्रम चन्द ‘विप्लव’लाई नै महासचिव पदमा चयन गरेको छ।
कपिलवस्तुको शिवगढीमा गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सम्पन्न भएको हो।
महाधिवेशनले विप्लवको नेतृत्वमा ८१ जना केन्द्रीय सदस्य तथा ४५ जना वैकल्पिक केन्द्रीय सदस्य र १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।
आजै बस्ने केन्द्रीय समिति बैठकले ७ सदस्यीय स्थायी समिति र १९ सदस्यीय पोलिटब्यूरो पनि गठन गर्ने एक केन्द्रीय सदस्यले बताए । नेकपाले केन्द्रीय प्रतिनिधि समिति भनेर नयाँ संरचना बनाएको छ । महासचिव इञ्चार्ज रहने केन्द्रीय प्रतिनिधि समितिमा केन्द्रीय समितिमा समेटिन नसकेका नेताहरुलाई राखिने छ ।
असोज २५ गतेदेखि चलेको महाधिवेशन विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गर्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।