हिमाल शर्मा
कार्तिक १ सल्यान । सल्यानमा अरिंगालको टोकाइबाट एकै घरका दुई आमा छोरीको मृत्यु भएको छ ।
अरिगालको टोकाईबाट गम्भिर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउपालिका १ हाम्फाल निवासी २१ बर्षिया सोभा वुढाथोकी र उनकी ४ वर्षिया छोरी प्राप्ती वुढाथोकी रहेका छन् ।
सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा उनिहहरुलाई अरिंगालले टोकेपछि उनिहरुलाई उपचारका लागि श्रीनगर स्थित परोपरकार अस्पतालमा सामन्य उपचारपछि कोहलपुर लिदै गर्दा प्राप्तीको बाटोमै मृत्यु भएको हो । गम्भिर घाइते सोभाको भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।
मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । यस्तै अरिंगालको टोकाइबाट गम्भिर घाइते भएका नविन वस्नेतको भने श्रीनगरमा रहेको परोकपकार अस्पतालमा उपचार भइरहको प्रहरीको भनाई छ
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।