• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा सवा सय हेक्टरको धानबाली नष्ट




सातासम्म परेको अविरल वर्षातले शारदा नदीसहित विभिन्न खोलामा आएको बाढी र पहिरोले सल्यानमा किसानले १ सय १५ हेक्टर खेतमा लगाएको ३ सय ४५ मेट्रिक टन पाकेको धान नष्ट भएको छ । खोलामा आएको बाढीले खेत कटानका साथै खेत पुरिएर बगरमा परिणत भएपछि धानबाली नष्ट भएको हो ।

पाकेको बाली भित्र्याउने बेला वर्षातले बाली नष्ट भएपछि एक करोड बरारबको क्षति भएको छ । जिल्लाका झन्डै ५ सय बढी किसान प्रभावित भएका छन् । मानो छरेर मुरी उत्पादन गर्ने समयमा सधैं खुसी हुने गरेका किसान धानबाली नष्ट भएपछि चिन्तित भएका छन् । खेतीपातीकै भरमा जिविकोपार्जन गर्दै आएका किसानलाई जिविकोपार्जनमा समस्या हुने देखिएको छ ।

कृषि बिकास कार्यालय सल्यानले संकलन गरेको तथ्यांक अनुसार वर्षातका कारण जिल्लाको १० स्थानीय तहमध्ये शारदा नगरपालिकाभित्र ३ सय २०, बाग्चौर नगरपालिकामा ६०, बन्गाड कुपिन्डे नगरपालिकामा ३ सय ५० , कालिमाटीमा ३ सय ५०, त्रिवेणीमा ३ सय ३०, छत्रेस्वरीमा १ सय ७०, सिद्धकुमाखमा ९०, कुमाखमा ३ सय १०, र दार्मा गाउँपालिकामा ९० गरी २ हजार १ सय १६ रोपनी तथा १ सय १५ हेक्टर जग्गामा लगाएको धान नष्ट भएको थियो । सबैभन्दा बढी शारदा नदिले क्षति पुर्‍याएको थियो ।

Facebook Comments