• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उम्मेदवारले पार्टी परिवर्तन गरेपछि चुनावी समीकरण हेरफेर




नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बाँके क्षेत्र नं. ३ प्रदेश सभा (क) का स्वतन्त्र उम्मेदवारसमेत रहेका सुनार सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनी संविधानसभा सदस्य हुन्।

उनलाई माओवादी केन्द्रकी नेतृ पूर्णाकुमारी सुवेदीले पार्टी प्रवेश गराएकी हुन्। सत्तागठबन्धन दलले एकीकृत समाजवादीलाई बाँकेमा एक सिट पनि नदिएपछि उनले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उक्त क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा कांग्रेस–माओवादीबीच तालमेल भए पनि एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुनारले स्वतन्त्र उम्मेदवारी दिएका थिए। सुनारले स्वतन्त्र उम्मेदवारी दिएको प्रदेश सभा निर्वाचन क्षेत्रमा सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आइपी) उम्मेदवार छन्।

खरेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका ३० बढी नेता-कार्यकर्ताले राजीनामा दिएका छन्। उनीहरूले सुनारलाई साथ दिँदै आएका छन्। उनी माओवादी केन्द्रमा प्रवेश गरेसँगै उक्त क्षेत्रमा राजनीतिक समीकरण बदलिएको छ।

Facebook Comments