अखिल क्रान्तिकारीले आफ्नो संगठनका केन्द्रीय सदस्य भनिएका गोपाल भण्डारी संगठनको कुनै समितिमा नरहेको स्पष्ट गरेको छ ।
भण्डारी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यको हैसियतले आफ्नो पार्टीमा प्रवेश गरेको एमालेले दाबी गरेपछि सो संगठनले यस्तो प्रतिक्रिया दिएको हो ।
सो संगठनका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज जंग रोकाले भन्नुभयो– ‘दाङमा एमालेहरु गठबन्धनसँग आत्तिएर संगठनको कुनै आधिकारिक पोस्टमा नभएको मान्छे गोपाल भन्डारीलाई माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य भनेर प्रवेश गराएछ ।
यस्ता गलत झुठको भ्रमको खेती नगर्न एमालेजनहरुलाइ चेतावनी दिन चाहन्छु।’ दाङ घर भएको केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी, आफू र विन्दु खड्का मात्रै केन्द्रीय सदस्य भएको पनि उहाँले बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष नरेश रेग्मीले पनि अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य भनेर पार्टी प्रवेश गराइएको गोपाल भन्डारी क्रान्तिकारीको आज मात्र होइन कहिल्यै केन्द्रिय सदस्य नभएको बताउनुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।