मदन विसी
२०२४ सालमा साविक रूकुम जिल्ला चुनवाङ्ग गा.वि.स. वडा नम्बर ६ लाखर खोलामा निम्न मध्यम किसान परिवारमा आमा जयकली घर्ती मगर र अवकाश प्राप्त ब्रिटिश सैनिक एवं पंचायत ब्यबस्थाको स्थापना काल देखि २० वर्षसम्म वडा अध्यक्ष रहेका बुवा विर बहादुर घर्ती मगरको एक्लो छोरा हुन पूर्ण घर्ती ।
गाउँकै नेपाल राष्ट्रिय नि.माविमा कखरा हुदैँ निम्न माध्यामिक सम्मको अध्ययनपछि माथिल्लो कक्षा पढन अहिलेको सदरमुकाम स्थित रूक्मिणी मा.वि रुकुमकोटमा २०४० सम्म हाई स्कुल सम्मको अध्ययन गरे । २०३७ सालमा देशमा आएको राजनैतिक जागरणसँगै २०३८ सालमा अनेरा स्ववियुको संग गित सदस्यता प्राप्त गरी मा.वि रूकुमकोटको ईकाइ सदस्य भई घर्तीले राजनीतिमा पाइला टेके ।
शैक्षिक अनुभव
२०३६ सम्म नेपाल राष्ट्रिय निमावि चुनवाङ्मा निमावि तह अध्ययन पूरा गरेका घर्तीले २०४० सम्म रूक्मिणि मावि रुकुमकोटमा मावि तह अध्ययन पूरा गरेका थिए । २०४४ मा भारतको पटना बोर्ड अन्तर्गत डा राम नारायण संस्कृत विश्व विद्याल मधुवनी विहारमा संस्कृत अध्ययन पछि २०४६ मा रुकुम पश्चिमको मुसिकोट खलङ्गा क्याम्पसमा अध्ययन गरेका घर्तीले माक्र्सवाद, माक्र्सवादी सौन्दर्यशास्त्र, साहित्य कला र राजनीतिशास्त्रको क्षेत्रमा व्यापक स्वअध्ययन गरेका छन ।
राजनितिक अनुभव
२०४१ देखी नेकपा मशालको पार्टी सदस्यता प्राप्त गरेका घर्तीले २०४७ मा नेकपा मशालको चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व गरेका थिए । घर्ती २०४८ मा नेकपा मशालको जिल्ला कमिटिमा मनोनित भएका थिए । २०४८ मा सम्पन्न नेकपा मशालको एकता जिल्ला सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित भई घर्ती एकता महाधिवेश प्रतिनिधीमा छनोट भएका थिए ।
२०४८ मा संयुक्त जनमोर्चा रूकुमको सचिव भएका घर्तीले २०५४ देखी २०५७ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका थिए । २०५७ मा सम्पन्न नेकपा माओवादीको दोश्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित भएका थिए ।
२०५७ देखी २०५८ सम्म नेकपा माओवादीको म्याग्दी, बाग्लुङ र रुकुमको ईन्चार्ज भएर उत्कृष्ट काम गरेका घर्ती २०५८ देखी २०६० सम्म नेकपा माओवादीको भेरी कर्णाली क्षेत्रीय व्यूरो अन्तर्गत डोल्पा, जाजरकोट, दैलेख र सुर्खेतको पार्टी ईन्चार्ज भइ काम गरे ।
२०६६ देखी २०६९ सम्म एकिकृत नेकपा माओवादी पार्टीको मगराँत राज्य समितिको सेक्रेटरी बनेका घर्ती २०६९ असार देखी २०७० सम्म एकिकृत नेकपा माओवादीको थारुवान राज्य ईन्चार्ज भइ काम गरेका थिए । २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगराँत ईन्चार्ज भई काम गरेका घर्तीले २०७३ को पार्टी एकिकरण पछि नेकपा माओवादी केन्द्र पार्टीको केन्द्रीय सचिवालय सदस्य एवं साविक प्रदेश नं ५ अहिले लुम्बिनी प्रदेशको संयोजक भई काम गरेका थिए ।
२०७४ मंसीर २२ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै वामगठबन्धनको उम्मेद्वारको रूपमा रुकुम पूर्व क्षेत्र नं ख बाट प्रदेश नं ५ अर्थात लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
साहित्य संगित
२०४७ देखी २०५१ सम्म प्रतिभा साँस्कृतिक परिवार रूकुम र सिस्ने साँस्कृतिक समूह रुकुम जिल्लाव्यापि एवं राप्ती क्षेत्रीय साँस्कृतिक अभियानको नेतृत्व घतर्चीले गरेका थिए । २०४७ देखि २०६४ सम्म अखिल नेपाल जन (साँस्कृतिक संघको केन्द्रिय समितिमा रही राप्ति स्तरीय साँस्कृतिक अभियानको नेतृत्व पनि गरेका घर्ती २०४८ मा डेमोक्रयाटिक कल्चरल फोरमको पश्चिम अभियानको उपाध्यक्ष बनेका थिए ।
२०५८ देखि २०६० सम्म केन्द्रिय साँस्कृतिक टोली सामना परिवारको संयोजक, केन्द्रिय श्रव्य दृश्य विभाग प्रमुख एवं केन्द्रिय साँस्कृतिक विभाग सदस्य भइ काम गरेका घर्तीले सयौं गीत कविता रचना गरेका छन । यस्तै दर्जनौं गीतमा संगीत संयोजन, गायन, वाद्यवादन तथा श्रव्यदृश्यको प्रावधिक क्षेत्रमा घर्तीले महत्वपुर्ण योगदान पु¥याएका छन ।
प्रशासनिक अनुभव
२०४१ देखि २०४५ सम्म प्राथमिक विद्यालय तातोपानी पाछाबाङ रोल्पामा अध्यापन गराएका घर्तीले २०४६ मा शिक्षण पेशाबाट अवकाश प्राप्त गरी अनेरा स्ववियु रुकुमको नवौ जिल्ला सम्मेलनद्वारा अध्यक्षमा निर्वाचित भइ पूर्णकालिन राजनितिमा लागेका थिए ।
२०५७ मंसिर २८ गते निर्वाचित भई पौष ५ गते घोषणा भएको जनयुद्धको पहिलो जिल्ला जनसरकार रूकुम जिल्लाको जनसरकार प्रमुख भई घर्तीले काम गरेका थिए । २०६३ मा मगराँत स्वायत्त गणतन्त्र अन्तर्गत संयुक्त क्रान्तिकारी जनपरिषद मगँरात राज्य समितिको संयोजक भएका घर्ती २०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल सरकार अन्तर्गत रहेको नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष बनेका थिए ।
हिरासत
२०४५ पौष २६ गते रोल्पा लिवाङ्गमा पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ५२ दिन हिरासत बसेका घर्ती २०४९ मा रूकुममा तत्कालिन प्रधानमन्त्रीको भ्रमण विरूद्ध प्रदर्शन गर्ने क्रममा ३ दिन हिरासत बसेका थिए ।
सभामुख हुदाँ घर्तीले के गरे ?
सभामुख हुनु भन्दा पहिले देश र जनताको लागि थुप्रै योगदान गरेका घर्तीले सभामुख भएपछि प्रदेशसभाबाट ७२ कानुन निर्माण गरि प्रमाणिकरणका लागि महत्वपूर्ण भूमिका निभाए । जसले प्रदेशको समग्र शासन व्यवस्था विकास निर्माण सेवा प्रवाह लगायतका विषयहरुमा दिएका निर्देशन र सहजिकरण गर्नमा मद्धत पु¥याइ रहेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरण जस्तो महत्वपूर्ण विषयलाई प्रदेश सभाबाट कुशलतापूर्वक पारित गर्नमा सभामुख घर्तीले निकै ठुलो काम गरे । रुपन्देहीको बुटवलमा रहेको अस्थायी राजधानी दाङ ल्याउन र स्थायी बनाउन घर्तीले कुनै कसर बाकी राखेन्न ।
निर्धारित स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा प्रदेश सभा भवन, सचिवालय भवन र प्रदेश मुकाम स्थापना गर्न आवश्यक पर्ने पूर्वाधाहरु निर्माण गर्न अग्रणी भुमिका खेले । ति संरचना अहिले निर्माणको अन्तिम चरणमा छन । जसका कारण आगामी प्रदेश सभाको बैठक देउखुरी उपत्यकामा सञ्चालन हुने अवस्थामा छ ।
सभामुख हुदाँ घर्तीको नेतृत्वमा संविधान, कानुन, संसदिय अभ्यास अबलम्बन गर्दै प्रदेश सभाले विभिन्न विद्यायकी र गैर विद्यायकी कार्यहरु सम्पन्न गरेको छ । यस विचमा २०९ वटा सभाको बैठक सम्पन्न भए । शुन्य समय, विशेष समय र प्रश्नोत्तर जस्ता गैर विद्यायकी कार्यहरु मार्फत सम्मानित सभा र सरकारी कामलाई प्रभावकारी बनाउन र जनताप्रति उत्तरदायी तथा जवाफदेही बनाउन उनले महत्वपूर्ण काम गरे ।
यस्तै राष्ट्रिय राजनीतिमा आएको फेरबदल संगै लु्म्बिनी प्रदेशमा २ वटा सरकार र मुख्य मन्त्रिको चुनाव सम्पन्न भयो । प्रदेश सरकार पुनः निर्माण गर्न दोस्रो पटक भएको चुनावमा घर्तीले खलेको राजनीतिक तथा कुटनैतिक भुमिकाको कारण प्रदेशमा माओबादी केन्द्रले मुख्यमन्त्री पायो । स्थानिय सरकार पछि जनतासंग जोडिएको सरकार प्रदेश सरकार हो भन्ने कुरालाई प्रदेश सभा मार्फत स्थापित गर्ने काममा घर्तीबाट उल्लेखनीय काम भयो ।
यतिमात्र नभएर रुकुम पूर्वको समग्र विकासको लागि घर्ती सभामुख हुदाँ जिल्लाको यातायात, शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, पर्यटकीय स्थलको विकास तथा निर्माणमा योजना पार्ने देखि बजेट विनियोजन गर्ने काम भयो । घर्तीले विकास निर्माणमा मात्र ध्यान दिएन्न । जिल्लाका मानिसहरुको जिवनस्तर बदल्ने खालका कार्यक्रम ल्याउनमा पनि महत्वपूर्ण भुमिका खेले । जसले गर्दा पहिलेको भन्दा अहिले जिल्लाबासिको दैनिकी फेरिएको छ । निभेको चुलो बलेको छ । मरेका आशाहरु फेरि जुरमुराएका छन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।