खुमबहादुर सुनार
लिवाङ, ३१ असोज । जिल्लामा रहेको एउटा मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिकाले सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थालाई आर।ओ फिल्टर तथा खानेपानी ट्याङ्की वितरण गरेको छ । नगरपालिकाभित्र रहेका ५ वटा सामुदायिक बिद्यालयहरुलाई ३ वटा र स्वास्थ्य संस्थालाई ८ वटा तथा नगरपालिकाको सबै वडाका कार्यालयमा रहेका विद्यालय र स्वास्थ्य संस्थाहरुलाई आर।ओ फिल्टर तथा खानेपानी ट्याङ्की आईतबारका दिन नगरपालिकाको कार्यालयमा वितरण गरिएको हो ।
रोल्पा जिल्लामा नगरपालिका एउटा मात्र रहेको छ । नगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तरगत विशेषगरी समुदायक बिद्यालय साथै स्वास्थ्य संस्थाहरुमा खानेपानी सरसफाई सामग्री वितरण गरिएको थियो ।
अबदेखि खानेपानी स्वच्छताको अवस्था सुधार गर्ने उद्देश्यले फिल्टर तथा खानेपानी ट्याङ्कीका सामग्री हस्तान्तरण गरिएको रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले बताउनु भएको छ । उहाँका अनुसार( यति मात्र नभएर हामीहरूले अहिलेसम्म मुहानबाट पानी लिरहेका छौ, त्यहाँ मुहान कति सफा रहेको छ कि छैनन् भनेरपनि निरक्षण गरिएका छैनन् त्यसबाट विभिन्न किसिमका रोग लाग्ने भएकोले खानेपानीका सामग्री नगरपालिकाले वितरण गरेको हो ।
युनिसेफको आर्थिक सहयोग, हुरेक रोल्पाको प्राविधिक सहयोग तथा रोल्पा नगरपालिका अन्तरगत र वास कार्यक्रमको आयोजनामा उक्त सामग्रीहरु वितरण गरिएको थियो ।
रोल्पा नगरपालिकाकी उप(प्रमुख गिता आचार्य, रोल्पा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खुमबहादुर थापा, रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा बागेश्वरी माद्यामिक विद्यालय लिउन रोल्पा नगरपालिका वडा नम्बर ९ , यसै गरि हिमालय माद्यामिक विद्यालय गापा रोल्पा नगरपालिका १०, श्री ईन्द्रेश्वरी माद्यामिक विद्यालय खेवासे रोल्पा नगरपालिका १ , बागेश्वरी आधारभुत विद्यालय तित्रीकोट रोल्पा नगरपालिका वडा ४, बालहित आधारभुत विद्यालयमा रोल्पा नगरपालिका वडा नम्बर ७ घापा, आधारभुत स्वास्थ्य इकाइ सेवा केन्द्र रोल्पा नगरपालिका २ देउराली, आधारभुत स्वास्थ्य इकाइ सेवा केन्द्र रोल्पा नगरपालिका वडा नम्बर १ खेवाँसे, लिबाङ स्वास्थ्यचौकी रोल्पा नगरपालिका वडा नं। ४ लगायतलाई उक्त खानेपानीको सामग्रीहरु वितरण गरिएको हो ।
नगरपालिका अन्र्तगतको वास रोल्पाले यस अघि पनि बिद्यालय र स्वास्थ्य संस्था गरी ८ वटा संस्थाहरुलाई खानेपानीको सामग्री वितरण गरिसकेको वास कार्यक्रम संयोजक निशान आचार्यले जानकारी दिनुभयो । खानेपानी स्वच्छताको क्षेत्रमा यस कार्यक्रमले विभिन्न सहयोग तथा समुदायस्तरमा सचेतना प्रवाह गर्ने, निशुल्क पानी जाँच गर्ने लगाएको छ ।
कार्यक्रममा रोल्पा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, स्वास्थ्य संस्था, बिद्यालयका प्रधानाध्यापकहरु तथा प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।