खुमबहादुर सुनार
वडाचाैर, २८ राेल्पा । रोल्पामा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य दिपेन्द्रकुमार पुनले स्वतन्त्र उम्मेदवारी दिएपछि देखिएको अन्योल चिर्न नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेससहित गठबन्धनका नेता एकै ठाउँमा देखिएका छन् ।
पुनले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराएपछि देखिएको अन्योल चिर्न दुबै पार्टीका नेताले एकै ठाउँमा उभिएर निर्वाचनमा गठबन्धन एक रहेको सन्देश दिएका छन् ।
उनीहरूले संयुक्त अभियानको सन्देश दिने थलो बनाएका छन्,लुङ्ग्री गाउँपालिका – ४ ठूलो नम्जामा रहेको जन सेवा गणतान्त्रिक युवा क्लबको १५ औं वार्षिक उत्सव तथा विविधि खेलकुद कार्यक्रम -२०७९ को उद्घाटन समारोहलाई ।विहिवार भएको क्लबको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा स्थायी कमिटी सदस्य एवं रोल्पा प्रदेश सभा (क) बाट गठबन्धनका उम्मेदवार जोखबहादुर महरा, प्रदेश सभा (ख) का गठबन्धनका उम्मेदवार अमरसिंह पुन, नेकपा माओवादी केन्द्र रोल्पाका संयोजक गुणेन्द्र घर्ती,प्रदेश निर्वाचन क्षेत्र (क) का संयोजक आसबहादुर पुन, लुंग्री गाउँपालिकाका अध्यक्ष भरत थापा, यसै गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरूङ, नेकपा माअाेवादि केन्द्र लुम्बिनी प्रदेशकमीटी सदस्य अास बहादुर पुन , सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी , लुङग्री गाउँपालिका वडा नम्बर १का वडा अध्यक्ष गनेश पुन, वडा ३ का वडा अध्यक्ष नेम बहादुर खड्का , वडा नम्बर ४ का अध्यक्ष बिरवल खड्का , ५ वडा अध्यक्ष खिम बहादुर , कार्यपालिका सदस्य ईशा सुनार , लुम्बिनी प्रदेशका प्रेस संयाेजक मानसिह बि क , सगरमाथा टेलभिजनका सम्वदाता भए भरत नेपाली रेडियो मालश्री का प्रतिनिदि राजेश नेपाली लगायत तीन वाटै दलकाे जनप्रतिनिधि रहेको थियो । सबै उद्घाटन कार्यक्रममा सहभागि भएका छन् ।
कार्यक्रममा गठबन्धनबाट उम्मेदवार रहेका महरा र पुनले एकआपसमा आफ्ना मतदाताबिच परिचय समेत गराएका छन् भने प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार वर्षमान पुनबारे पनि जानकारी गराएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी अघिल्लो प्रदेश सभामा रोल्पा (क)बाटै निर्वाचित भएका थिए । अहिले सो क्षेत्रको उम्मेदवार महरा छन् ।
प्रदेश सभा (ख)मा भने केन्द्रको निर्णय बिपरीत नेपाली कांग्रेसका कांग्रेसका उम्मेदवार अमरसिंह पुन विरुद्ध दिपेन्द्रकुमार पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीले जिल्लामा गठबन्धनबारे केही अन्योल थियो । माओवादी केन्द्रका कतिपय कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत पुनले ठिक गरेको टिप्पणी गरिरहेका छन् । तर गठबन्धन दलका जिल्लाबाट केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने नेताहरूले भने भने अन्योल चिर्दै केन्द्रकाे आधिकारिक निर्णय कार्यान्वयन गर्ने सन्देश दिएका छन् ।
गठबन्धनका नेताले जिल्लाभर नै संयुक्त रुपमा चुनावी अभियान चलाउने तयारी गरेपनि त्यो भन्दा अघि नै क्लबको कार्यक्रम मार्फत एकै ठाउँमा रहेको सन्देश दिएका छन् । प्रदेश निर्वाचन क्षेत्र (क) का संयोजक पुनले भने,“ एक किसिमले गठबन्धनको चुनावी अभियान सुरु भयो भन्दा हुन्छ, हामी सबै कार्यक्रममा आएका छौं ।” भने बताउनु भयो उक्त कार्यक्रममा सभाअध्यक्ष श्री जन सेवा गणतान्त्रिक युवा क्लब ठुल्ला नम्जाका अध्यक्ष याम बहादुर राेका रहनु भएको थियो । स्वागत मन्तव्य क्लवका उपाध्यक्ष लाेकेश खड्काले गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन श्री गाैरी शंकर माध्यमिक विद्यालयका प्राध्यापक तुलबहादुर खड्काले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।