• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पहिरो पीडित परिवारलाई रेडक्रसद्वारा रातह वितरण




कमल खड्का
होलेरी,२७ असोज । नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी रोल्पाले पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराएको छ । दशैंसँगै परेको अविरल बर्षाले रोल्पाको रुन्टीगढी गाउँपालिकामा वडा नम्बर १ गैरीगाउँमा पहिरोले घर पुर्णरुपमा क्षति भएको थियोे । घर पुर्णरुपमा क्षति भएपछि परिवार विस्थापित भएर आफ्नतको घरमा बसी रहेका थिए ।

उक्त पीडित परिवारलाई सहयोग स्वरुप नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी रोल्पाले गैरखाद्य सामग्री राहत स्वरुप हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरीको अनुरोध अनुसार होलेरीमा रहेका शिबु कपडा पसलको तर्फबाट लेडिज ज्याकेट ३ थान, जेन्स ज्याकेट ३ थान, बच्चा ज्याकेट ३ थान, बच्चा सुरुवाल ३ थान, कम्बल १ थान, टिसर्ट ३ थान, कुर्था ३ थान, सुरुवाल ३ थान उपलब्ध सामग्रीहरु पीडित परिवारलाई प्रदान गरिएको हो ।

रेडक्रस सोसाइटी उपशाखा होलेरीका सभापति लक्षीराम थापा ,सचिब रेशम बुढाथोकी ,कोषाध्यक्ष श्याममनी बिक, मुरुल्ले पर्यटन विकास संस्थाका सचिव सुबास चन्द, जुद्द्बहदुर थापासहितका टिम पुगेर राहत वितरण गरेको थियो ।

Facebook Comments