• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला




ओमप्रकाश गुप्ता
भालुवाङ, २६ असोज । दाङको देउखुरी स्थित राप्ती नदीको बगरमा कुहिएको अवस्थामा एक वेवारिसे बालिकाको शव फेला परेको छ ।

मंगलबार बेलुका ४ बजेको समयमा गढवा गाउँपालिका वडा नम्वर २ महादेवा स्थित राप्ती नदीको पुल नजिक राप्ती नदीको बगरमा नामथर वतन नखुलेको अन्दाजी १५ र १६ वर्षकी बालिकालाई राप्ती नदीको बाढीले बगाई ल्याएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

फेला परेको शवलाई घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक रञ्जु केसीले जानकारी दिएकी छिन् ।

Facebook Comments